माथिल्लो कर्णालीको सम्झौता म्याद थप गर्ने सरकारको निर्णय खारेज गर्न माग

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रिय समितिले सरकारले जिएमआरसँगको सम्झौताको म्याद बढाएकोमा कडा विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेको छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा समितिले रु ७० अर्वमा निर्माण परियोजना सम्पन्न हुने उक्त परियोजनालाई बढाएर रु १६५ अर्व पुर्याएर रु ८५ अर्व संस्थागत भ्रष्टाचार भएको आरोप लगाइयो ।

समितिले उक्त सम्झौताको म्याद एक वर्ष थप गरेर सरकारले गम्भीर गल्ती गरेको बताइयो । प्राडा सुरेन्द्र केसीले नेपालको विकासको आधार जलश्रोत भए पनि विसं २००७ सालदेखि नै कोशी, गण्डकी, टनकपुरजस्ता ठुलठुला नदी भारतलाई सुम्पिएर नेपालको आर्थिक विकासको ढोका बन्द गरिएको विचार व्यक्त गरे ।

माथिल्लो कर्णाली बचाउ अभियानका अभियन्ता रतन भण्डारी, अधिवक्ता पदम रोका, बरिष्ठ पत्रकार गोविन्द सिंह थापाले नेपालको संविधानको धारा ५१ मा प्राकृतिक स्रोत र साधनलाई न्यायोचित वितरण गर्ने तथा देशको हित अनुकुल संरक्षण गर्ने तथा जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट उल्लेख भए पनि सरकारले माथिल्लो कर्णालीलाई जालसाजीको आधारमा सम्झौता गरेर निर्णय गरेको बताए ।

नेकपा माओवादी क्रान्तिकारीका नेता सिताराम तामाङले सरकारले हिजो सम्झौताको म्याद एक वर्ष थप गर्ने गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।  

सम्बन्धित समाचार

विदेशबाट फर्केका कामदारलाई तालीम

काठमाडौँ । विदेशबाट श्रम गरेर नेपाल फर्केका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियन पुनर्ताजगी तालीम दिइएको छ ।  अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र इन्द्रेणी पोलिटेक्निक इन्स्टिच्युटको

महानगरमा विकास निर्माणले गति लियो- मेयर शाक्य

काठमाडौँ  । वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ । काठमाडौँ वडा २५ ढोका बहालमा उग्रतारा महिला तथा बाल विकास केन्द्रको उद्घाटन गर्दै प्रमुख विद्यासुन्दर शाक्यले विकास निर्माणको

जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सर्ने प्रक्रिया शुरु : नुवाकोटमा ८ रोपनी जग्गा खरिद 

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय बमोजिम सरकारको दुई लाख रुपैया अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् ।भौगर्भिक अध्ययन अनुसार नुवाकोटको बिकट उर्लेनीमा रहेका

कावेली करिडोर निर्माण अन्योलमा

इलाम । मेची अञ्चलकै बहुप्रतिक्षित कावेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो चरणको निर्माण स्थानीय बासिन्दाको अवरोधका कारण ओझेलमा परेको छ ।  सिद्धिथुम्कावासीले आफ्नो जग्गामा परेर गएको प्रसारण लाइन आयोजना