माथिल्लो कर्णालीको सम्झौता म्याद थप गर्ने सरकारको निर्णय खारेज गर्न माग

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रिय समितिले सरकारले जिएमआरसँगको सम्झौताको म्याद बढाएकोमा कडा विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेको छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा समितिले रु ७० अर्वमा निर्माण परियोजना सम्पन्न हुने उक्त परियोजनालाई बढाएर रु १६५ अर्व पुर्याएर रु ८५ अर्व संस्थागत भ्रष्टाचार भएको आरोप लगाइयो ।

समितिले उक्त सम्झौताको म्याद एक वर्ष थप गरेर सरकारले गम्भीर गल्ती गरेको बताइयो । प्राडा सुरेन्द्र केसीले नेपालको विकासको आधार जलश्रोत भए पनि विसं २००७ सालदेखि नै कोशी, गण्डकी, टनकपुरजस्ता ठुलठुला नदी भारतलाई सुम्पिएर नेपालको आर्थिक विकासको ढोका बन्द गरिएको विचार व्यक्त गरे ।

माथिल्लो कर्णाली बचाउ अभियानका अभियन्ता रतन भण्डारी, अधिवक्ता पदम रोका, बरिष्ठ पत्रकार गोविन्द सिंह थापाले नेपालको संविधानको धारा ५१ मा प्राकृतिक स्रोत र साधनलाई न्यायोचित वितरण गर्ने तथा देशको हित अनुकुल संरक्षण गर्ने तथा जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट उल्लेख भए पनि सरकारले माथिल्लो कर्णालीलाई जालसाजीको आधारमा सम्झौता गरेर निर्णय गरेको बताए ।

नेकपा माओवादी क्रान्तिकारीका नेता सिताराम तामाङले सरकारले हिजो सम्झौताको म्याद एक वर्ष थप गर्ने गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।  

सम्बन्धित समाचार

गाँउलेको अबरोधका कारण धादिङवेंसी–तिप्लिङ सडक निर्माण कार्य रोकियो

मलेखु । जिल्लाको गौरब योजनामध्ये धादिङवेंसी–तिप्लिङ सडक सर्वे गरिएको स्थानभन्दा बाहिर लान माग गरिएपछि सो सडकको निर्माण कार्य अहिले रोकिएको छ ।  धादिङवेसीदेखि डुण्डुरेसम्मको सडक खनिएको र डुण्डुरेदेखि तिप्लिङसम्म सडकको नयाँ

सम्पदा पुनःनिर्माण सरकार आफैँले गर्नुपर्छ – बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सम्पदा पुनःनिर्माणको काम सरकार आफैँले गर्नुपर्ने बताएका छन् ।  बीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुर नगरपालिका, ख्वप इञ्जिनियरिङ कलेज र ख्वप

धनगढी उप—महानगरपालिकाको लापरबाहीले सडक निर्माण अवरुद्व

धनगढी । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ ।  विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना

फाष्ट ट्रयाक निर्माणमा सेनाले अहिलेसम्म के के गर्‍यो ? यस्ता छन् चुनौतीहरू 

काठमाडौं । नेपाली सेनाले सरकारले जिम्मा दिएको ७६ किमि लामो तराई र काठमाडौं जोड्ने द्रुतमार्गको निर्माण सुरु भइसकेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यसको कार्यप्रगतिबारे सेनाले पत्रकार