ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खरीबोट

बेसीशहर ।ट्र्याक्टर दुर्घटना हुँदा यहाँ एकजनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा सोही ट्र्याक्टरका चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो । 

परीक्षणकै क्रममा रहेको नयाँ ट्र्याक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । 

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा वडाध्यक्ष बस्नेतको मृत्यु

चितवन ।  पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ ।  दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४

इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु

तेहरान । इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ ।  असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक

मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

स्यान्टियागो जामिल्टेपेक, मेक्सीको ।  मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।  मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर