ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खरीबोट
ad

बेसीशहर ।ट्र्याक्टर दुर्घटना हुँदा यहाँ एकजनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा सोही ट्र्याक्टरका चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो । 

परीक्षणकै क्रममा रहेको नयाँ ट्र्याक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । 

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

रुकुमको बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम / रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २

असी प्रतिशत सवारी दुर्घटना मानवीय कारणले

काठमाडौँ / चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।  नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि

भक्तपुरमा दुर्घटना न्यूनीकरण अभियान, टाइम कार्ड लागू

भक्तपुर / अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका