ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खरीबोट

बेसीशहर ।ट्र्याक्टर दुर्घटना हुँदा यहाँ एकजनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा सोही ट्र्याक्टरका चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो । 

परीक्षणकै क्रममा रहेको नयाँ ट्र्याक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । 

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।  यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु

भक्तपुरमा स्कूल बस दुर्घटनामा ६५ विद्यार्थी घाइते (अपडेट)

भक्तपुर  । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते

भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते

भक्तपुर  । भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । दुर्घटनामा परेको स्कुल बस क्रिश्चियन कम्युनिटी स्कुलको भएको प्रहरीले जनाएको छ ।  बस मुलपानीबाट  बा २ क

झापामा एम्बुलेन्सको ठक्करबाट मृत्यु

दमक । एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको