• २०८१ बैशाख ११ मंगलबार

तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीयलाई : नेता पौडेल

kharibot

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने वचन दिएका छन् । 

चुनावी प्रचार प्रसारको अभियानअन्तर्गत आज तनहुँको व्यास नगरपालिका–७ स्थित पोखरीछापमा आयोजित कोणसभामा नेता पौडेलले तनहुँ जल विद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने बताए । 

सो आयोजना काँग्रेस कै पहलमा आएको र त्यसलाई अगाडि बढाउने जिम्मेवारी आफ्नै काँधमा आएको उनको भनाइ थियो । 

झुट र भ्रमको खेती गर्ने कम्प्यूनिष्टको विश्वास गर्न नसकिने पनि उनले बताए । 

कृषि, जलस्रोत र पर्यटनको विकासमा जोड दिँदै उनले आर्थिक समृद्धि बिना देश अगाडि बढ्न नसक्ने बताए । कार्यक्रममा समानुपातिकका उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, काँग्रेस नेता समुन्द्र गोदार लगायतकाले लोकतान्त्रिक शक्तिले जिते मात्रै देशको विकास हुने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै