तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीयलाई : नेता पौडेल

खरीबोट

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने वचन दिएका छन् । 

चुनावी प्रचार प्रसारको अभियानअन्तर्गत आज तनहुँको व्यास नगरपालिका–७ स्थित पोखरीछापमा आयोजित कोणसभामा नेता पौडेलले तनहुँ जल विद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने बताए । 

सो आयोजना काँग्रेस कै पहलमा आएको र त्यसलाई अगाडि बढाउने जिम्मेवारी आफ्नै काँधमा आएको उनको भनाइ थियो । 

झुट र भ्रमको खेती गर्ने कम्प्यूनिष्टको विश्वास गर्न नसकिने पनि उनले बताए । 

कृषि, जलस्रोत र पर्यटनको विकासमा जोड दिँदै उनले आर्थिक समृद्धि बिना देश अगाडि बढ्न नसक्ने बताए । कार्यक्रममा समानुपातिकका उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, काँग्रेस नेता समुन्द्र गोदार लगायतकाले लोकतान्त्रिक शक्तिले जिते मात्रै देशको विकास हुने बताएका थिए ।

सम्बन्धित समाचार

ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, राष्ट्रिय सभाको निर्वाचन प्रमुख एजेन्डा  

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ओली निवास भक्तपुर बालकोटमा छलफल सुरु भएको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारको भागबन्डाका विषयमा कार्यदलले

निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

काठमाडौँ । नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसद्लाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ ।  सरकारले यही माघ २४ गते बुधबारका दिन राष्ट्रियसभाको

विभिन्न ठाउँमा भइरहेका आन्दोलन प्रति निर्वाचन आयोगको चिन्ता व्यक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनलाई सहज, सरल र शान्तिपूर्ण रुपमा अघि बढाउन निर्वाचन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताएका छन् ।  समानुपातिक निर्वाचन प्रणालीबाट

प्रदेश प्रमुखलाई निर्वाचन आयोगले प्रतिवेदन बुझायो

काठमाडौँ । निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।  प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा