• २०८१ बैशाख ६ बिहीबार

क्लासिक टेकले ल्यायो १०० एमबिपीएच अनलिमिटेड ईन्टरनेट सेवा

kharibot

फाइल तस्विर

काठमाडौँ । छोटो समयमा ग्राहकहरुको मन जित्न सफल क्लासिक टेकले आफ्ना सेवा ग्राहिको र समयको मागलाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक उच्च गतिको १०० एमबिपीएच अनलिमिटेड ईन्टरनेट सुपथ मुल्यमा ल्याएको छ ।

यसका साथै ६ एमबिपीएच अनलिमिटेड ईन्टरनेट मात्र रु १०९९ प्रति महिनाको दरमा र १५ एमबिपीएच अनलिमिटेड ईन्टरनेट रु १२९९ प्रति महिनाको दरमा ल्याएको छ । अफर अवधिभर जडान र फाईवर डिभाईस निशुल्क हुनेछ । थप जानकारी क्लासिक टेकको वेबसाइट classic.com.np मार्फत लिन सकिन्छ । 

गुणस्तर र भरपर्दो ईन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यका साथ यस क्लासिक टेक प्रालिले बिगत ८ बर्ष देखि नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट जिपीओएन प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।


  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै