राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता

खरीबोट

अबुधाबी । राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भयो । 

सो अवसरमा दुई मुलुक बीचका आपसी हितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए । नेपालको पूर्वधार, पर्यटन, कृषि, जलस्रोतको विकास र सोका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उनले बताए । 

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट आफ्नो परिवारका साथै समाजलाई पनि फाइदा पुर्याएको उल्लेख गर्दै हिमालयका पानीको प्रयोग, पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको सचिव वैरागीले जानकारी दिए । 

युवराज अल नेह्यानले नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गरेका थिए । यसअघि राष्ट्रपति भण्डारी क्राउन प्रिन्स कोर्टमा पुग्दा उनलाई युवराज अल नेह्यानले स्वागत गरेका थिए । 

छलफलमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित थिए । 

सम्बन्धित समाचार

बेपत्ता छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन०, २०७४ अध्यादेश आज जारी गरेकी छन् ।  गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको सिफारिश एवं

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गरे ।  मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट

राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ ।  पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी, नयाँ सरकार गठनको बाटो खुल्यो 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।  दलहरुको सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले दुई महिना देखि सो अध्यादेशलाई जारी गर्न अस्विकार गर्दै आएकी थिइन् । शुक्रबार