काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानमा पनि खुलेको छ ।
प्युठानको जुम्री, स्थित जुम्री शाखाको एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट विधिवत् रुपमा औपचारिक समुद्घाटन सुसम्पन्न भयो ।
शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।