• २०८१ बैशाख ८ शनिबार

क्रिस्टियानो रोनाल्डोले आउदो सिजनमा रियल म्याड्रिड छोड्न सक्ने !

kharibot

काठमाडौँ । रियल म्याड्रिडका पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोड्ने सोचाई बनाएको रिपोर्ट सार्वजनिक भएको छ । 

स्पेनको चिरिंगुटीओ टिभीका अनुसार हाल फर्ममा फर्किन संघर्ष गरिरहेका रोनाल्डोले रियल म्याड्रिड छोड्ने संकेत दिएका छन् । 

अघिल्लो साता च्याम्पियन्स लिग अन्तर्गतको टोटनह्यामसँग पराजित भएपछि रोनाल्डोले अब आफुले रियलमा सम्झौता नविकरण नगर्ने बताएका थिए ।
स्पेनमा अहिले रोनाल्डो आउदो सिजनमा रियलमा नबस्ने समाचार प्रकाशित भएका छन् । 

रोनाल्डोले केहि महिना अघि स्पेनमा कर विवादमा परेपछि रियल छोड्ने सोचाई बनाएका थिए । उनले आफु पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्कने चाहना व्यक्त गरेका थिए । तर पछि रोनाल्डोको कर विवाद अदालतमा सल्टिएपछि रोनाल्डोले यसबारेमा कुनै प्रतिक्रिया दिएका थिएनन् ।

यस सिजनमा ला लिग मा केबल एक गोल गरेका रोनाल्डोको प्रदर्शनको अहिले निकै आलोचना भइरहेका बेला रियल छोड्न सक्ने खबर कति हदसम्म साचो हुन्छ त्यो भने अहिले नै भन्ने स्थिति छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै