क्रिस्टियानो रोनाल्डोले आउदो सिजनमा रियल म्याड्रिड छोड्न सक्ने !

खरीबोट

काठमाडौँ । रियल म्याड्रिडका पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोड्ने सोचाई बनाएको रिपोर्ट सार्वजनिक भएको छ । 

स्पेनको चिरिंगुटीओ टिभीका अनुसार हाल फर्ममा फर्किन संघर्ष गरिरहेका रोनाल्डोले रियल म्याड्रिड छोड्ने संकेत दिएका छन् । 

अघिल्लो साता च्याम्पियन्स लिग अन्तर्गतको टोटनह्यामसँग पराजित भएपछि रोनाल्डोले अब आफुले रियलमा सम्झौता नविकरण नगर्ने बताएका थिए ।
स्पेनमा अहिले रोनाल्डो आउदो सिजनमा रियलमा नबस्ने समाचार प्रकाशित भएका छन् । 

रोनाल्डोले केहि महिना अघि स्पेनमा कर विवादमा परेपछि रियल छोड्ने सोचाई बनाएका थिए । उनले आफु पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्कने चाहना व्यक्त गरेका थिए । तर पछि रोनाल्डोको कर विवाद अदालतमा सल्टिएपछि रोनाल्डोले यसबारेमा कुनै प्रतिक्रिया दिएका थिएनन् ।

यस सिजनमा ला लिग मा केबल एक गोल गरेका रोनाल्डोको प्रदर्शनको अहिले निकै आलोचना भइरहेका बेला रियल छोड्न सक्ने खबर कति हदसम्म साचो हुन्छ त्यो भने अहिले नै भन्ने स्थिति छैन ।
 

सम्बन्धित समाचार

म सात बच्चाको पिता र सात बेलुन डो अर जित्न चाहन्छु – रोनाल्डो 

काठमाडौँ । रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफुले आफ्ना सात बच्चा र सात बेलुन डो अर जित्न चाहेको बताएका छन् ।  एल एक्युपसँगको अन्तर्वार्ताका क्रममा रोनाल्डोले सो कुरा बताएका हुन्

क्रिस्टियानो रोनाल्डोले आउदो सिजनमा रियल म्याड्रिड छोड्न सक्ने !

काठमाडौँ । रियल म्याड्रिडका पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोड्ने सोचाई बनाएको रिपोर्ट सार्वजनिक भएको छ ।  स्पेनको चिरिंगुटीओ टिभीका अनुसार हाल फर्ममा फर्किन संघर्ष गरिरहेका रोनाल्डोले रियल म्याड्रिड छोड्ने

मभन्दा रोनाल्डो बढी स्वार्थी छन् – बेन्जमा 

काठमाडौँ । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करीम बेन्जमाले आफु भन्दा आफ्ना सहकर्मी खेलाडी क्रिस्टियानो रोनाल्डो बढी स्वार्थी भएको बताएका छन् । बेन्जमाले एक अन्तर्वार्ताका क्रममा क्लबको हितमा भएकाले यसबाट आफुलाई

रोनाल्डो चौथो बच्चाको पिता बने 

काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो चौथो बच्चाको पिता बनेका छन् ।  आफ्नी प्रेमिका जर्जिना रोड्रीगेजबाट रोनाल्डोले छोरीको जन्म भएको तस्विर सार्वजनिक गरेर सबैलाई जानकारी दिएका छन् । छोरीको नाम