• २०८१ बैशाख ७ शुक्रबार

नेपालद्वारा फिलिपिन्सलाई बराबरीमा रोक्न सफल, कप्तान अनिल गुरुङको सुखद बिदाई 

kharibot

काठमाडौँ । एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले फिलिपिन्सलाई बराबरीमा रोकेको छ । बलियो प्रतिष्पर्धी मानिएको फिलिपिन्सलाई ललितपुरको एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले गोरहित बराबरीमा रोकेको हो । 

खेलमा नेपालले राम्रो अवसर सिर्जना गरेको थियो भने फिलिपिन्सलाई खुलेर खेल्न दिएको थिएन । यसअघि फिलिपिन्सको घरेलु मैदानमा भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।

समूह ए को शीर्षस्थानमा रहेको फिलिपिन्स आजको खेलपछि ९ अंकसहित शीफर्षस्थानमा कायमै छ भने नेपालको २ अंक भएको छ ।

आफ्नो ५०औ राष्ट्रिय खेलबाट सन्यास लिएका कप्तान अनिल गुरुङको सुखद बिदाई भएको छ । नेपालका लागि ९ गोल गरेका गुरुङ यस खेलमा खेलको ८०औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

खेलपछि गुरुङले मैदानमा उपस्थित दर्शकलाई अभिवादन गरेर बिदा लिएका थिए भने खेलाडीहरुले गुरुङलाई बोकेर मैदानमा घुमाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै