नेपालद्वारा फिलिपिन्सलाई बराबरीमा रोक्न सफल, कप्तान अनिल गुरुङको सुखद बिदाई 

खरीबोट

काठमाडौँ । एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले फिलिपिन्सलाई बराबरीमा रोकेको छ । बलियो प्रतिष्पर्धी मानिएको फिलिपिन्सलाई ललितपुरको एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले गोरहित बराबरीमा रोकेको हो । 

खेलमा नेपालले राम्रो अवसर सिर्जना गरेको थियो भने फिलिपिन्सलाई खुलेर खेल्न दिएको थिएन । यसअघि फिलिपिन्सको घरेलु मैदानमा भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।

समूह ए को शीर्षस्थानमा रहेको फिलिपिन्स आजको खेलपछि ९ अंकसहित शीफर्षस्थानमा कायमै छ भने नेपालको २ अंक भएको छ ।

आफ्नो ५०औ राष्ट्रिय खेलबाट सन्यास लिएका कप्तान अनिल गुरुङको सुखद बिदाई भएको छ । नेपालका लागि ९ गोल गरेका गुरुङ यस खेलमा खेलको ८०औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

खेलपछि गुरुङले मैदानमा उपस्थित दर्शकलाई अभिवादन गरेर बिदा लिएका थिए भने खेलाडीहरुले गुरुङलाई बोकेर मैदानमा घुमाएका थिए । 

सम्बन्धित समाचार

एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्सबीचको खेल मंगलबार

काठमाडौँ ।  एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा

एएफसी एसियन कप छनोट : नेपाल ताजिकिस्तानसँग पराजित 

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित भएको छ   । अवे खेल अन्तर्गत ताजकिस्तानसँग घरेलु मैदानमा भएको खेलमा नेपाल पराजित भएको हो । नेपालले तिनै

एसियन कप छनोट फुटबल : नेपाल भर्सेज ताजकिस्तान लाइभ

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले अहिले ताजिकिस्तानसँग खेलिरहेको छ  । अवे खेल अन्तर्गत नेपालले अहिले ताजकिस्तानसँग उसैको घरेलु मैदानमा खेलिरहेको हो । नेपाल र ताजकिस्तानबीचको खेल दुशान्बेस्थित हिसोर स्टेडियममा भईरहेको

एएफसी एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं । एएफसी एसियन कप २०१९ को छनोटका लागि खेलेको नेपाली फुटबल टिम मंगलबार ताजकिस्तानसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फाकम्प्लेक्समा भएको खेलमा नेपाल ताजकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो