• २०८१ बैशाख ७ शुक्रबार

बीमाको सुचक एकैदिन एक सय १२ अंकले बढ्यो,  ७५ करोडको कारोवार 

kharibot

काठमाडौ । नेप्से आज पुरै हरियो देखिएको छ । कुल १० वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । आज नेप्से २५ दसमलव १४ अंकले बढेर १५ सय १६ दसमलव दुई चढेको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दसमलव ९२ अंकले बढेर तीन सय १८ दसमलव ९३ बिन्दुमा चढेको छ । एक सय ६५ कम्पनीहरुको सात हजार दुई सय ८५ वटा कारोवारमा १८ लाख ४७ हजार सात सय ५५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७५ करोड ११ लाख ६७ हजार एक रुपैयाँ पुगेको छ । 

बीमा समुहको सुचकमा आज सबैभन्दा उच्च बिन्दुले सुधार देखिएको छ । उक्त समुहको सुचक एक सय १२ दसमलव ७३ बढेर आठ हजार दुई सय २० दसमलव ८५ बिन्दुुमा चढेकोमा १४ करोड ३५ लाख १५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि २१ दसमलव ६१ अंकले बढेर १२ सय ९४ दसमलव ४४ बिन्दुमा चढेकोमा २८ करोड एक लाख ९३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समुहको सुचक २७ दसमलव ९५ अंकले बढेर १७ सय ९१ दसमलव ९० बिन्दुमा चढेकोमा तीन करोड ६२ लाख ७१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि ५५ दसमलव ३७ अंकले बढेर १९ सय ४३ दसमलव ४० बिन्दुमा चढेकोमा आठ करोड ९१ लाख ९५ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज ट्रेडिङ, फाईनान्स, लघुबित्त, अन्य, उत्पादनमुलक र होटल समुहको कारोवार सुचकपनि बढेकाछन । 

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको बिजय लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ ८३ पैसाले बढेर ११ सय २८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको  सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मुल्य पाँच रुपैयाँ ९७ पैसाले घटेर १४ सय ९५ रुपैयाँमा सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको चिलिमे हाईड्रो पावर कम्पनीको प्रतिकित्ता आठ सय ८४ रुपैयाँ अन्तिम मुल्यमा छ करोठ ६१ हजार सात सय ६२ रुपैयाँमा कारोवार भएको छ । यसैगरी प्रभु बैंकको संस्थापक सेयरतर्फ पनि आज एक सय ७२ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ४७ लाख रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै