बीमाको सुचक एकैदिन एक सय १२ अंकले बढ्यो,  ७५ करोडको कारोवार 

खरीबोट

काठमाडौ । नेप्से आज पुरै हरियो देखिएको छ । कुल १० वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । आज नेप्से २५ दसमलव १४ अंकले बढेर १५ सय १६ दसमलव दुई चढेको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दसमलव ९२ अंकले बढेर तीन सय १८ दसमलव ९३ बिन्दुमा चढेको छ । एक सय ६५ कम्पनीहरुको सात हजार दुई सय ८५ वटा कारोवारमा १८ लाख ४७ हजार सात सय ५५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७५ करोड ११ लाख ६७ हजार एक रुपैयाँ पुगेको छ । 

बीमा समुहको सुचकमा आज सबैभन्दा उच्च बिन्दुले सुधार देखिएको छ । उक्त समुहको सुचक एक सय १२ दसमलव ७३ बढेर आठ हजार दुई सय २० दसमलव ८५ बिन्दुुमा चढेकोमा १४ करोड ३५ लाख १५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि २१ दसमलव ६१ अंकले बढेर १२ सय ९४ दसमलव ४४ बिन्दुमा चढेकोमा २८ करोड एक लाख ९३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समुहको सुचक २७ दसमलव ९५ अंकले बढेर १७ सय ९१ दसमलव ९० बिन्दुमा चढेकोमा तीन करोड ६२ लाख ७१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि ५५ दसमलव ३७ अंकले बढेर १९ सय ४३ दसमलव ४० बिन्दुमा चढेकोमा आठ करोड ९१ लाख ९५ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज ट्रेडिङ, फाईनान्स, लघुबित्त, अन्य, उत्पादनमुलक र होटल समुहको कारोवार सुचकपनि बढेकाछन । 

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको बिजय लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ ८३ पैसाले बढेर ११ सय २८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको  सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मुल्य पाँच रुपैयाँ ९७ पैसाले घटेर १४ सय ९५ रुपैयाँमा सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको चिलिमे हाईड्रो पावर कम्पनीको प्रतिकित्ता आठ सय ८४ रुपैयाँ अन्तिम मुल्यमा छ करोठ ६१ हजार सात सय ६२ रुपैयाँमा कारोवार भएको छ । यसैगरी प्रभु बैंकको संस्थापक सेयरतर्फ पनि आज एक सय ७२ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ४७ लाख रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित समाचार

साताको सेयर : कारोवार रकम ३१ दसमलव ३२ प्रतिसतले घट्यो

कठमाडौं  । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १५ हजार एक सय २८ कारोबारबाट एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार

नेप्सेमा गिरावट, प्राईम लाईफको एकै दिन तीस करोड भन्दा बढीको सेयर कारोवार 

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा गिरावट आएको छ । नेप्से पाँच दसमलव ३८ अंकले घटेर ११ सय ९३ दसमलव ३९ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ९६

नेप्सेमा पाँच दसमलव सात अंकले गिरावट

काठमाडौं । साताको चौथो कारोवार दिन आज बुुधबार पनि नेप्से घटेको छ ।  आज नेप्से पाँच दसमलव सात अंकले घटेर ११ सय ९८ दसमलव ७८ बिन्दुुमा झर्दा सेन्सिटिभ एक दसमलव २४

आर्थिक बर्षको पहिलो दिन नेप्से घट्यो 

काठमाडौ । अघिल्लो दुई दिन लगातार बढेको नेप्से चालुु आर्थिक बर्षको पहिलो कारोवार दिन अर्थात आज मंगलबार भने घटेको छ ।  आज नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले