नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

खरीबोट

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए । 

उनले भने, ‘हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।’

युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ । गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ । 

सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिए । 

सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ । 

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ । बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
 

सम्बन्धित समाचार

जनकपुरधामको सफाइ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । जनकपुर उपमहानगरपालिका क्षेत्रमा सरसफाइ तथा आसपासका पोखरीको संवद्र्धन गर्ने उद्देश्यले ‘जनकपुरधाम सहलगानी डे«नेज आयोजना’ को सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर भएको छ ।  सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख

रिलायन्स लाइफ र जनता बैंकबीच सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपालबीच बैंकले बीमकको बीमा अभिकर्ताकोरुपमा आफ्ना गा्रहकहरmलाई रिलायन्सद्वारा जारी गरिएका बीमा लेखहरु बिक्रीवितरण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौतामा रिलायन्सको

चुनाव भएको साढे चार महिना पछि जर्मनीमा नयाँ सरकार बन्ने, “बृहत् गठबन्धन” बनाउन दलहरुबीच सम्झौता

फ्राङ्कफर्ट ।  जर्मनीका तीन वटा राजनीतिक दल “बृहत् गठबन्धन” बनाउने सम्झौतामा पुगेका छन् ।  कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले बुधबार बिहान जनाएका छन् ।  क्रिश्चियन डेमोक्र्याट युनियन

कला परिषद् र ओबोर संस्कृति संस्थाबीच आठबूँदे सम्झौता

काठमाडौँ । नेपाल कला परिषद् र चीन–नेपाल ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाबीच चीनको ‘एक क्षेत्र एक मार्ग’ ओबोर अवधारणाप्रति सकारात्मक भई दुई देशबीच सांस्कृतिक सञ्चार कायम गर्न आठबूँदे सहमति भएको