एमालेद्वारा उम्मेदवार राईमाथिको आक्रमणको विरोध

खरीबोट

काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना भोजपुर कमा प्रदेशसभा सदस्य उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि आज बिहान भएको आक्रमणको निन्दा गरेको छ । 

भोजपुर–१ को ट््याम्के मैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारका क्रममा राईको गाडीमाथि आक्रमण भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवारमाथिको सो आक्रमण निर्वाचन भाँड्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाइएको छ । 

“पार्टीको मागका वावजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासीनताले हाम्रो पार्टीलाई आश्चर्यचकित बनाएको छ”, ओलीको विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित समाचार

मन्त्री नपाएपछि एमाले नेता शाहीद्वारा सांसद र पार्टीबाट राजीनामा 

काठमाडौँ । मुगुबाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । प्रदेश ६ को सभामुख र मन्त्री चयनका क्रममा आफूमाथि अपमान भएको भन्दै पार्टीको

मन्त्री नपाएपछि एमाले नेता शाहीद्वारा सांसद र पार्टीबाट राजीनामा 

काठमाडौँ । मुगुबाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । प्रदेश ६ को सभामुख र मन्त्री चयनका क्रममा आफूमाथि अपमान भएको भन्दै पार्टीको

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

महेन्द्रनगर । प्रदेश नम्बर २ को लागि नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।  प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि बिहीबार भएको मतदानमा मण्डल निर्वाचित

भावी प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई अघि सार्ने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले भावी प्रधानमन्त्री आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने गरी प्रधानमन्त्रीको उम्मेदवार तोकेको छ । बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको दाबेदार