एमालेद्वारा उम्मेदवार राईमाथिको आक्रमणको विरोध

खरीबोट

काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना भोजपुर कमा प्रदेशसभा सदस्य उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि आज बिहान भएको आक्रमणको निन्दा गरेको छ । 

भोजपुर–१ को ट््याम्के मैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारका क्रममा राईको गाडीमाथि आक्रमण भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवारमाथिको सो आक्रमण निर्वाचन भाँड्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाइएको छ । 

“पार्टीको मागका वावजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासीनताले हाम्रो पार्टीलाई आश्चर्यचकित बनाएको छ”, ओलीको विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित समाचार

एमाले तराई-मधेश विरोधि पार्टी होइन : अध्यक्ष ओली

विराटनगर ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई ÷मधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन् ।  विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रम

प्रचण्डपुत्रको निधनपछि एमालेको २ देखि ३ बजेसम्मका सबै कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमालेले आज २ देखि ३ बजेका लागि पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम १ घण्टाका लागि स्थगित गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश

प्रकाश दाहालको निधनमा एमालेले एक घण्टा चुनावी कार्यक्रम स्थगित गर्ने 

काठमाडौँ । बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डका छोरा प्रकाश दाहालको सम्मानमा तथा प्रचण्डप्रति समवेदना प्रकट गर्न आज एक घण्टा चुनावी कार्यक्रम स्थगित

एमालेद्वारा बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

बाजुरा । एमाललेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेको छ । कार्यालयमा तालाबन्दी भएपछि तोकिएको मतदान केन्द्रतिर हिँड्ने तयारीमा रहेका कर्मचारीहरु अलमलमा परेका छन् । मतदान गराउनका लागि निर्वाचनमा