सन्दीप चम्किएपछि मलेसिया ४५ रनमा अलआउट, नेपाललाई ४६ रनको लक्ष्य  

खरीबोट

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले मलेसियालाई ४६ रनमा अलआउट गरेको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले १५.३ ओभरमा ४५ रनमा मलेसियाका विकेट लिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका छन् । लामिछानेले ४.३ ओभर बलिङ गर्दै ८ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै नेपालका कप्तान दिपेन्द्र सिंह ऐरी र शबाब आलमले २,२ विकेट लिएका थिए भने अनिल कुमार शाहले एक विकेट लिएका थिए ।

नेपाली बलरका अगाडी मलेसियाका ब्याट्सम्यान टिक्न सकेनन् । राम्रो सुरुवात गरेको मलेसिया छैठौ ओभर पछि कोल्याप्स भएको थियो । मलेसियाका लागि ओपनर सहिद अजिजले सर्वाधिक २० रन बनाएका थिए भने मलेसियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए । 

बर्षाले २४ ओभरमा झारिएको खेलमा नेपालले एहिबेरमा आफ्नो इनिंग सुरु गर्दै छ ।

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुहोस :  
 

सम्बन्धित समाचार

अन्डर १९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर ब्याटिंग, १०३ रनमा अलआउट 

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ । अफगानिस्तानको कसिलो बलिंगका गाडी नेपाली ब्याटिंग लाइनअप धारासायी भएको थियो

अफगानिस्तानविरुद्ध अनिल शाहको महत्वपूर्ण अर्धशतक 

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अनिल शाहले अफगानिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । नेपालको सुरुवाती क्रमका ब्याट्सम्यान प्याभिलियन फर्किसकेको अवस्थामा अनिलले क्रिजमा टिकेर नेपाललाई

अन्डर १९ एसिया कप : नेपालविरुद्ध अफगानिस्तानले जवाफी ब्याटिंग गर्दै (लाइभ भिडियो) 

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ । अफगानिस्तानको कसिलो बलिंगका गाडी नेपाली ब्याटिंग लाइनअप धारासायी भएको थियो

अन्डर १९ एसिया कप : दोस्रो सेमिफाइनलमा आज नेपालले अफगानिस्तानको सामना गर्दै 

काठमाडौँ । मलेसियामा जारी अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा केहीबेर पछि नेपाल अफगानिस्तानसँग प्रतिष्पर्धा गर्दै छ ।  आजको विजेता टिमले पाकिस्तानसँग फाइनल खेल्ने छन् ।  अहिलेसम्म तीन पटकसम्म