जब बिरालो प्रहरीको 'प्राइम सस्पेक्ट' बन्यो !

खरीबोट

फाइल तस्बिर

पूर्वी एसिया । एक जना जापानी वृद्धाको हत्याप्रयासमा संलग्नतामा जापानी प्रहरीको मुख्य आरोपी एउटा बिरालो परेको छ ।

८२ वर्षकी मायुको मात्सुमोटो रगत बगिरहेको अवस्थामा आफ्नै घरमा फेला परेकी थिइन् । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । घाइते वृद्धाको छोरीले उनलाई फेला पार्दा अनुहारमा २० ठाउँ जतिमा काटिएको थियो । यो घटना दक्षिण जापाको मिफुनमा भएको हो ।

वृद्धाको छोरीले भेट्दा घाइते वृद्धाको चिउँडोभरि रगत लतपतिएको थियो । उनी ओछ्यानमा थिइन् भने आफूमाथि के भएको भन्ने बोल्न नसक्ने अवस्थामा भेटिएकी थिइन् । उनलाई तुरुन्तै आकस्मिक उपचार आवश्यक परेको थियो । अनुसन्धान अधिकारीहरुले उनको घरमा बाहिरबाट जबर्जस्ती कोही पनि प्रवेश नगरेको पाइएको बताएका छन् ।

स्थानीय मिडियाहरुका अनुसार सोही कारण प्रहरीले हत्याप्रयासमा संलग्न रहेको आरोप बिरालोमाथि लगाएको हो । प्रहरीले अनुसन्धान गर्दा कुनै भड्किएको बिरालोमा मानिसको रगत लतपतिएको अवस्थामा उक्त घर नजिकै फेला परेको बताइएको छ ।

सम्बन्धित समाचार

जब बिरालो प्रहरीको 'प्राइम सस्पेक्ट' बन्यो !

पूर्वी एसिया । एक जना जापानी वृद्धाको हत्याप्रयासमा संलग्नतामा जापानी प्रहरीको मुख्य आरोपी एउटा बिरालो परेको छ । ८२ वर्षकी मायुको मात्सुमोटो रगत बगिरहेको अवस्थामा आफ्नै घरमा फेला परेकी थिइन् ।

बिरालो मारेकै कारण १६ वर्षको जेलसजाय !

 एक जना क्यालिफोर्नियालीलाई न्यायाधीशले १६ वर्षको जेल सजाय हुने फैसला सुनाएका छन् । २१ बिरालाहरु अपहरण गरी बिजोक बनाएर मारेका कारण ती मान्छेले लामो र अनौठो सजाय भोग्नुपर्ने भएको हो