• २०८१ बैशाख ७ शुक्रबार

अन्डर १९ एसिया कप : मलेसियाविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै  

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र आयोजक मेलेसियाबीच खेल सुरु भएको छ ।

वर्षाबाट प्रभावीत खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । अहिले आयोजक टिम मलेसियाले ब्याटिंग गरिरहेको छ । निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको खेल २४-२४ ओभरको हुने भएको छ ।

नेपालको लागि यो खेल जित्ने मात्रै होइन ठुलो रनरेटको अन्तरमा जित्नु पर्ने देखिएको छ । यस अघि भारतलाई पराजित गरेको नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।
समुह ए मा बंगलादेश दुई खेल जितेर ४ अंक सहित समुहमा शिर्ष स्थानमा छ भने भारत एक जित र एक हारका साथ २ अंक सहित दोस्रो स्थानमा रहेको छ भने नेपाल पनि एक जित र एक हारका साथ रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ । समुहमा मलेसियाले भने दुवै खेलमा हार बेहोरिसकेको छ ।

यसै समुहमा आजै बंगलादेश र भारतबीच पनि खेल हुदै छ । यी दुई टिमको खेलले पनि नेपालको सेमिफाइनलको यात्रा धेरै हदसम्म तय गर्ने छ तर नेपालले मलेसियालाई भने पराजित गर्नुपर्ने छ ।

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुहोस 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै