• २०८१ बैशाख ७ शुक्रबार

उधोग मन्त्रलायले एकल बिन्दु सेवा शुरु गदै

kharibot

काठमाडौँ  ।  उद्योग मन्त्रालयले उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले एकल बिन्दु सेवा चाँडो शुरु गर्ने भएको छ । 

व्यवसायीलाई आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सेवा एकै स्थान (उद्योग विभाग) बाट उपलब्ध गराउने उद्देश्यले यस्तो नीति ल्याइसकेको र प्रभावकारी कार्यान्वयनको चरणमा रहेको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए । 

उक्त सेवाअन्तर्गत उद्योगको दर्ता, नवीकरण, कर, शुल्क, मालपोतलगायत आवश्यक सबै सेवा एकै स्थानबाट उपलब्ध गराई व्यवसायीलाई झञ्झटबाट मुक्त गर्न लागिएको हो । 

यस सेवाबाट उद्योगीले सबै सेवा पाउने भएकाले प्रशासनिक सहजताको अनुभव गर्नेछन् । विदेशी लगानीकर्तालाई आवश्यकताअनुसार भिसा उपलब्ध गराउने, भिसा थप गर्नेलगायतका कार्य पनि सोही स्थानबाट प्रदान गरिने छ । 

बाहिरी जिल्लामा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्रामको स्थापना गरी यस्तो सेवा उपलब्ध गराउने तयारी गरिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै