एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार

खरीबोट

भोजपुर ।  भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् ।

भोजपुरको ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको बिचको पिखुवा खोलमा समूहमा आएकाले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बम प्रहारबाट राईको ल्यान्ड रोभर गाडीमा क्षति भएको छ । उम्मेदवार राई भने सकुशल रहेका छन् भने अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

सुरक्षामा खटिएका प्रहरीले बम प्रहार गर्नेमाथि २१ राउन्ड गोली प्रहार गरेको बताइएको छ । 
 

सम्बन्धित समाचार

वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा शुक्रबार साँझ कुकर बम विष्फोट गरिएको छ ।  वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति–९ द्वारा सञ्चालित सम्पर्क कार्यालयमा भएको बम विष्फोटबाट

सिरहामा वाम गठबन्धनको चुनावी कार्यालयमा बम विष्फोट

सिरहा । सिरहाको मिर्चैयास्थित वाम गठबन्धनको चुनावी कार्यालयमा बम विष्फोट भएको छ । मिर्चैया नगरपालिका–६, मा रहेको वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालयमा बम विष्फोट भएको हो । सिरहा क्षेत्र नं. ४

गोरखामा एक बोरा सुतली बम फेला

गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको छ ।  बोरामा तारसहित शंकास्पद वस्तु देखेपछि स्थानीयले विहिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर

निर्वाचन कार्यालयमा भेट्टिएको बम निष्क्रिय

नुवाकोट । जिल्ला निर्वाचन कार्यालय नुवाकोट परिसरमा भेट्टिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।  निर्वाचन कार्यालयको मूल ढोकाअघिको परिसरस्थित मतदान केन्द्रमा निर्वाचन गराउने कर्मचारीलाई निर्वाचन सामग्री वितरण भइरहेको स्थानमा