बालाजुमा जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

खरीबोट

काठमाडौँ  । बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । 

गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । 

यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

नेपालगञ्ज–कोहलपुर सडकखण्डमा भएको दुर्घटनामा एकको मृत्यु

नेपालगञ्ज ।  नेपालगञ्ज–कोहलपुर सडकखण्डको पार्वतीपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  दुर्घटनामा कालीकोट जिल्ला खिना–६ का ४१ वर्षीय पुन्नबहादुर बमको नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय

धादिङमा भएको दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मलेखु, धादिङ ।  पृथ्वीराजमार्गअन्तर्गत धादिङमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा एकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  जिल्लाको गजुरी गाउँपालिका–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्यु

नवलपरासीमा भएको दुर्घटनामा ३० जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट

पेरुमा भएको बस दुर्घटनामा ४४ जनाको मृत्यु 

लिमा (रासस/सिन्ह्वा) । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी