विनासकारी भूकम्पबाट ४५० इरानीको मृत्यु, २० गाउँ ध्वस्त

खरीबोट

तेहरान । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ४५०  जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । 

टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । 

इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरूले जनाएका छन् । 

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पमा यो पनि शक्तिशाली भूकम्प रहेको प्राप्त समाचारमा जनाइएको छ । 

भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेको उद्धारकर्मी र अधिकारीहरूले सञ्चारमाध्यमलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ । 

भूकम्पले कैयौँ घर भत्किएका छन् । भत्किएका भवनको भग्नावशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् । 

इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै अरु पनि कैयाँंै गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ । 

भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अवरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ । 

भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिस अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरूमा त्रास फैलिएको बताइएको छ । 

मानिस सडकमा भेला भएर बसेका छन् । पराकम्पन आउनसक्ने डरले उनीहरू घरमा फर्किन सकेका छैनन् । उता कुवेतमा पनि यस्तै अवस्था रहेको छ । सामाजिक सञ्जालमा राखिएका तस्वीरमा कुवेतीहरू पनि पराकम्पनको त्रासले बाहिर सडकमै बसिरहेको देखिन्छ । 

सम्बन्धित समाचार

चितवनमा किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता

चितवन / चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् ।  यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो

बाजुरामा आयो ४ रेक्टर स्केलको भूकम्प

बाजुरा  । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।  भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त

तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे

काठमाडौ ।  भूकम्पपछिको पुननिर्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पुर्याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ ।  घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका दुईलाख आठ हजार

भूकम्प पीडितमाथिको राजनीति : पुननिर्माण प्राधिकरणमा फेरी हस्तक्षेप 

काठमाडौँ । यस अघिको सरकारको पालामा राजनीतिक नियुक्ती पाएर विभिन्न पदमा आसिन व्यक्तिहरुलाई धमाधम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बर्खास्त गरिरहेको छ । तत्कालिन कांग्रेस सरकारमार्फत नियुक्ती पाएका उच्च