भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध

खरीबोट

कञ्चनपुर ।  कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । 

नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । 

नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ । 

भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन् । सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे जानकारी प्राप्त भएको छ प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, “भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइनेछ ।” 

गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीले ज्यान गुमाएका थिए । 

सम्बन्धित समाचार

चर्चित निर्वाचन क्षेत्र : पाल्पाको मुख्य चुनावी मुद्दा ‘सिद्धबाबा सडक’

पाल्पा ।  धेरै दुर्घटनाका कारण मृत्युमार्गको संज्ञा पाएको पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबा सडक आसन्न निर्वाचनमा दलहरुका लागि मुख्य चुनावी मुद्दा बनेको छ ।  तिनाउ गाउँपालिकास्थित दोभानमा पर्ने सिद्धबाबा क्षेत्रमा सुख्खा ढुङ्गासहितको पहिरोका

पत्रिकाभरि विज्ञापन र व्यस्त सडक जाम गर्दै आयोजित आमसभाको एमालेद्वारा प्रतिरक्षा

  काठमाडौं / नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ । एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति निकाल्दै

दुई वर्षपछि बल्ल सुरु भयो गोपीकृष्ण-कपन सडकको मर्मतसम्भार (फोटोफिचर)

काठमाडौं । लामो समयदेखि बन्न नसकेको गोपीकृष्ण—कपन जोड्ने सडकको मर्मतसम्भार कार्य सुरु भएको छ ।  दुई वर्षयता अलपत्र सडकको निर्माणका लागि यस क्षेत्रका जनताले पटक पटक बाटो बन्द गराएका थिए ।

नारायणगढ–मुग्लिन सडकमा सवारी रोक्दै भित्तो काट्ने काम प्रभावकारी भएन

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन । निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर भित्तो