• २०८१ बैशाख ६ बिहीबार

विश्वकप विजेता इटालीलाई पाखा लगाउदै स्विडेन विश्वकपमा छनौट 

kharibot

काठमाडौँ । इटाली आगामी बर्ष रसियामा हुने विश्वकप फुटबलमा छनौट हुन् असफल भएको छ ।

गएराती भएको विश्वकप छनौटको प्लेअफ खेलको दोस्रो लिगमा स्विडेनसँग बिना कुनै गोल बराबरीमा खेल सकिएपछि स्विडेन पहिलो लिगमा लिएको १-० गोलको बढ्तका आधारमा छनौट भएको हो । 

इटाली ६० बर्षमा पहिलो पटक विश्वकपमा छनौट हुन् असफल भएको हो । यस अघि सन् १९५८ मा इटाली छनौटमा असफल भएको थियो तर संयोग त्यसबेलाको छनौट खेल स्विडेनमा भएको थियो ।

पहिलो पटक सन् १९३४ मा विश्वकपमा भाग लिएको इटालीले चार पटकसम्म विश्वकप जिती सकेको छ । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा गरी चार पटक विश्वकप जितेको छ भने यसअघि १८ पटकसम्म विश्वकप खेलिसकेको छ ।   

त्यस्तै स्विडेन भने अन्तिम पटक सन् २००६ पछि विश्वकपमा छनौट भएको छ । यससँगै स्विडेन १२ पटक विश्वकपका लागि छनौट भएको हो । विश्कपमा सन् १९५८ मा स्विडेन फाइनलसम्म पुगेको थियो । त्यो नै स्विडेनको अहिलेसम्मको विश्वकपमा उत्कृष्ट प्रदर्शन हो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै