विश्वकप विजेता इटालीलाई पाखा लगाउदै स्विडेन विश्वकपमा छनौट 

खरीबोट

काठमाडौँ । इटाली आगामी बर्ष रसियामा हुने विश्वकप फुटबलमा छनौट हुन् असफल भएको छ ।

गएराती भएको विश्वकप छनौटको प्लेअफ खेलको दोस्रो लिगमा स्विडेनसँग बिना कुनै गोल बराबरीमा खेल सकिएपछि स्विडेन पहिलो लिगमा लिएको १-० गोलको बढ्तका आधारमा छनौट भएको हो । 

इटाली ६० बर्षमा पहिलो पटक विश्वकपमा छनौट हुन् असफल भएको हो । यस अघि सन् १९५८ मा इटाली छनौटमा असफल भएको थियो तर संयोग त्यसबेलाको छनौट खेल स्विडेनमा भएको थियो ।

पहिलो पटक सन् १९३४ मा विश्वकपमा भाग लिएको इटालीले चार पटकसम्म विश्वकप जिती सकेको छ । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा गरी चार पटक विश्वकप जितेको छ भने यसअघि १८ पटकसम्म विश्वकप खेलिसकेको छ ।   

त्यस्तै स्विडेन भने अन्तिम पटक सन् २००६ पछि विश्वकपमा छनौट भएको छ । यससँगै स्विडेन १२ पटक विश्वकपका लागि छनौट भएको हो । विश्कपमा सन् १९५८ मा स्विडेन फाइनलसम्म पुगेको थियो । त्यो नै स्विडेनको अहिलेसम्मको विश्वकपमा उत्कृष्ट प्रदर्शन हो ।   
 

सम्बन्धित समाचार

रसिया विश्वकपमा सहभागी ३२ टिमको टुंगो लाग्यो, यसरी हुदै छ समुह विभाजन 

काठमाडौँ । आगामी बर्ष रसियामा हुने विश्वकप फुटबलमा सहभागी ३२ टिमको टुंगो लागेको छ ।  यस विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, पोर्चुगल, फ्रान्स, स्वीट्जरल्याण्ड, क्रोएसिया,

न्युजील्याण्डलाई पराजित गर्दै पेरु विश्वकपमा छनौट 

काठमाडौँ । दक्षिण अमेरिकी देश पेरु आगामी बर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ ।  आज भएको न्युजील्याण्डविरुद्धको प्लेअफको दोस्रो लिगमा २-० ले विजयी हुदै समग्रमा २-० को जित

विश्वकप छनौटमा असफल इटालीद्वारा कोच भेन्तुरा बर्खास्त

काठमाडौँ । विश्वकपबाट बाहिरिए पछि इटालीले आफ्ना कोच गियान पिएरो भेन्तुरालाई बर्खास्त गरेको छ । ६० बर्ष पछि विश्वकपमा छनौट हुन् असफल भएको इटालीले बुधबार एक विज्ञप्ति जारी गर्दै कोचलाई

अस्ट्रेलिया विश्वकपमा छनौट, होन्डुरसविरुद्ध मिल जेडीनकले गरे ह्याट्रिक 

काठमाडौँ । अस्ट्रेलिया आगामी बर्ष रसियामा हुने विश्वकपका लागि छनौट भएको छ । केहीबेर अघि भएको इन्टरकन्टिनेन्टल प्लेअफको दोस्रो लिगमा होन्डुरसलाई ३-१ ले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो