• २०८१ बैशाख ८ शनिबार

एनआईसी एसियाको अनलाइन बचत खाता सञ्चालनमा

kharibot

काठमाडौं । एनआईसी एसिया बैंकले एनआईसी एसिया अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफूले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको खाता हो । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोली खाता नम्बर प्राप्त गर्न तथा अनलाइनमार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।

बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरिय र ग्राहक केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब ६ लाख ३० हजार ग्राहकमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको यस बैंकले यस अनलाइन बचतखातामार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवाविस्तार गर्ने लक्ष्य लिएको बैंकका सहायक प्रमुख कार्यकारी रोशन न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै