• २०८१ बैशाख ७ शुक्रबार

इरान-इराक भूकम्प अपडेट : कम्तीमा तीन सय ३६ जनाको मृत्यु, ३९ सय ५० जना घाइते

kharibot

बग्दाद/अंकारा । आइतबार राति इरान र इराकको सीमाक्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा कम्तीमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

बिहानै ७.३ रेक्टर स्केलको भूकम्पपश्चात् मृतकको संख्या बढ्दै गएको छ । हालसम्म त्यहाँको स्टेट मिडियालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेअनुसार ३ सय ३६ जना इरानका नागरिकको मृत्यु भएको र कम्तीमा पनि तीन हजार नौ सय ५० जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुले मृतकको संख्या अझै बढ्ने उल्लेख गरेका छन् ।

आइतबारको भूकम्प इरानका पश्चिमतर्फका प्रान्तहरुमा अनुभव गरिएको थियो तर केर्मान्सा भन्ने प्रान्तमा भने यसले धेरै क्षति पुर्याएको छ । त्यहाँ तीन दिनलाई शोक दिनका रुपमा घोषणा गरिएको छ । उक्त प्रान्तको सार्पोल इ जहाब काउन्टीका करिब २ सय ३६ जनाको मृत्यु भएको छ । भूकम्प इराकसँगको सीमाबाट १५ किमि टाढा आएको थियो । भूकम्पले ठूलो क्षति पारेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भूकम्पले इरानका १४ प्रान्तमा क्षति पुर्याएको छ । अमेरिकी भूगर्भ सर्वेका अनुसार भूकम्पको शक्ति ७.३ रेक्टर स्केल मापन भएको छ । उता इराकतर्फ भने ६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भूकम्प इराकी राजधानी बग्दादसम्म महसुस गरिएको थियो ।

भूकम्पको कारण इरान र इराकका धेरै सहरमा विद्युत् आपूर्ति ठप्प भएको छ भने हजारौँ मानिसहरु चीसो याममा घरबाहिर निस्किएर बसेका छन् । इरानको सिस्मोलोजिकल सेन्टरले १ सय १८ वटा पराकम्पन महसुस भएको छ । इरानका अधिकारीहरुले ७० हजार मानिसलाई आकस्मिक सहायता चाहिएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै