• २०८१ बैशाख ७ शुक्रबार

मेसीको नजरमा परे टोटन्ह्यामका मिडफिल्डर डेली अली

kharibot

काठमाडौँ । नेइमारले बार्सिलोना छोडेपछि ठुला खेलाडी भित्राउने प्रयासमा रहेको बार्सिलोनाले हाल लिभरपुलबाट खेल्ने फिलिप कोन्टिन्होलाई भित्राउने फेरी प्रयास गरेको रिपोर्ट आइरहेका बेला कोन्टिन्हो प्रकरणमा हरेक दिन नयाँ ट्वीष्ट आइरहेका छन् । 

पछिल्लो रिपोर्ट अनुसार बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्न टोटन्ह्यामका मिडफिल्डर डेली अलीलाई भित्राउन आग्रह गरेका छन् । यसअघि मेसीले कोन्टिन्होको ठाउमा अन्य तीन खेलाडी भित्राउनु पर्ने सुझाव दिएका थिए । यी रिपोर्टका अनुसार मेसीको प्राथमिकतामा कोन्टिन्हो नरहेको देखिएको छ । 

दिर्घकालिन रुपमा प्लेमेकरको भूमिकाकाका लागि मेसीले डेली अलीको नाम सुझाएका हुन् । हाल बार्सिलोनका प्लेमेकर आन्द्रे इनेष्टापनि ३३ बर्षका भइसकेका छन् भने उन्म पहिला जस्तो जोशिलोपन अपेक्षा गर्न सकिदैन त्यसैले बार्सिलोनाले इनेष्टाको ठाउमा दिर्घकालिन प्लेमेकरको खोजि सुरु गरेको हो ।

२१ बर्षिय अली सन् २०१५ मा एमके डन्सबाट टोटनह्याम आएका थिए भने उनि इङल्याण्डका नियमित खेलाडी पनि बनिसकेका छन् । अलीले टोटनह्यामका लागि प्रिमियर लिगमा अहिलेसम्म ८० खेल खेल्दै ३१ गोल गरेका छन् बहने टोटनह्यामका लागि अन्य प्रतियोगितामा थप १८ गोल गरेका छन् । केहि साता अघि अलीले रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको खेलमा २ गोल गरेर टोटनह्यामलाई जिताएका थिए । 

यता अलीले स्काई स्पोर्ट्ससँग कुरा गर्दै मेरो खेलका लागि अहिले टोटनह्याम उत्कृष्ट क्लब भएको बताएका छन् । भविष्यको बारेमा केहि भन्न नसकिने भन्दै अलिले अहिले आफु टोटनह्याममा खुशी रहेको प्रतिक्रिया दिएका छन् ।

मेसीले केहि दिन अघि कोन्टिन्होको ठाउमा हाल मोनाकोबाट खेलिरहेका फ्रेन्च मिडफिल्डर थोमस लेमार, हाल लियोनबाट खेलिरहेका अर्का फ्रान्सकै मिडफिलदार नबिल फेकिर र हाल लेस्टर सिटीबाट खेलिरहेका रियाद महरेजलाई भित्राउने सल्लाह दिएको रिपोर्ट बाहिरिएको थियो ।

बार्सिलोनाले गत जुलाईमा नै कोन्टिन्होलाई भित्राउने प्रयास गरेपनि लिभरपुलले अस्विकार गरेपछि सम्झौता असफल भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै