पूर्वप्रधानमन्त्री स्व. विष्टको स्मृतिग्रन्थ प्रकाशन गरिने

खरीबोट

फाइल तस्बिर

काठमाडौँ / नइ प्रकाशनले ‘देशभक्त राजनेता : कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ ।

प्रकाशनद्वारा आज जारी विज्ञप्ति अनुसार नेपाली राष्ट्रि«यताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमान्दार, अति शालीन, महेन्द्रवादी चिन्तक, देशभक्त राजनेता, पूर्व प्रधानमन्त्री विष्टको स्वर्णिम योगदानको इतिहास नेपाली वाङ्मयमा सुरक्षित राख्ने हेतुले सो ग्रन्थ प्रकाशन गर्न लागिएको हो ।

विष्ट नइ प्रकाशनका संरक्षक तथा दातासमेत हुनुहुन्छ । उहाँको गत शनिवार ९१ बर्षको उमेरमा आफ्नै निवास ज्ञानेश्वर, काठमाडौमा निधन भएको थियो ।

प्रकाशनका अनुसार स्व विष्टका बुबाआमा चन्द्रनिधि विष्ट÷धनकुमारी विष्टका स्मृतिमा ‘नइ चन्द्रधन पुरस्कार’ र विष्टकै सम्मानमा ‘नइ कीर्तिनिधि पुरस्कार’ नइ प्रकाशनले हरेक वर्ष प्रदान गर्दै आएको छ । यी दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

स्व कीर्तिनिधि विष्टसँगको संस्मरण, उहाँको देशभक्तिको गाथा र उहाँको राजनीतिक निष्ठा, उचाइ र योगदानबारे लेखक, राजनीतिकर्मी, चिन्तक र बुद्धिजीवीसँग लेख उपलब्ध गराउन पनि नइ प्रकाशनले अपिल गरेको छ ।

सम्बन्धित समाचार

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा विष्ट मनोनित

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आनन्द विष्टलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्  ।  सभापति देउवाले नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्टलाई आज आमन्त्रित केन्द्रीय सदस्यमा

पूर्वप्रधानमन्त्री स्व. विष्टको स्मृतिग्रन्थ प्रकाशन गरिने

काठमाडौँ / नइ प्रकाशनले ‘देशभक्त राजनेता : कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ । प्रकाशनद्वारा आज जारी विज्ञप्ति अनुसार नेपाली राष्ट्रि«यताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमान्दार, अति

नैतिकताको आधारमा राजीनामा दिने पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ

काठमाडौँ  ।  एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए ।  ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उहाँको जन्म

माओवादी केन्द्रका नेता विष्टद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् । नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् । माओवादी आन्दोलनको