इराक र इरानको भूकम्पमा ज्यान गुमाउनेको संख्या २ सय १८ पुग्यो

खरीबोट

तेहरान ।  इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय १८ पुगेको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पबाट इरानमा मात्र २ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा ४ जनाको मृत्यु भएको छ । 

इरानको राष्ट्रिय राहत व्यवस्थापन संगठनका प्रवक्तालाई उदृत गर्दै रोयटर्सले भूकम्पबाट २५ सयभन्दा बढी घाइते भएको जनाएको छ । 

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।  

भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भूबैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।   

इरानमा यस अघि सन् २००३ को डिसेम्बर २२ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ऐतिहासिक शार बाममा ३१ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । 
 

सम्बन्धित समाचार

फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म

इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता। मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  यस भूकम्पमा परी

इन्डोनेसियाको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जकार्ता । मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दा बढी

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।  भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । कतिपय व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न