• २०८१ बैशाख ६ बिहीबार

सुत्केरीपछि रक्तश्राव भएकी महिलाको कांग्रेस उम्मेदवार शाहले गरे उद्धार  

kharibot

सुर्खेत । जाजरकोटमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् ।

उच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका-८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरलाई शाहले हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज पठाए पछि सुत्केरी मगरको ज्यान बचेको छ ।  

सुत्केरी भएको ९ दिनपछि १८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई कांग्रेस उम्मेदवार शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्‍याइएको हो 
प्रतिनिधिसभाका उम्मेदवार शाहले ५ लाख रुपैयाँ निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् ।

उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३/४ घण्टाभित्र थप रगत उपलब्ध नगराए ज्यान जाने खतरा थियो । सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुँचसम्म पुर्‍याउनै १० घण्टा लाग्थ्यो । त्यसपछि गाडीद्वारा नेपालगंज पुर्‍याउन थप ७/८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलिकप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो ।

शाहले पोखराबाट हेलिकप्टर बोलाउँदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको हो ।

४ सन्तानकी अामा मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिँदा उच्च रक्तश्राव भएको हो । अहिले मगरको स्वास्थमा सुधार आएको पारिवारक स्रोतले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै