सुत्केरीपछि रक्तश्राव भएकी महिलाको कांग्रेस उम्मेदवार शाहले गरे उद्धार  

खरीबोट

सुर्खेत । जाजरकोटमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् ।

उच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका-८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरलाई शाहले हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज पठाए पछि सुत्केरी मगरको ज्यान बचेको छ ।  

सुत्केरी भएको ९ दिनपछि १८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई कांग्रेस उम्मेदवार शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्‍याइएको हो 
प्रतिनिधिसभाका उम्मेदवार शाहले ५ लाख रुपैयाँ निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् ।

उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३/४ घण्टाभित्र थप रगत उपलब्ध नगराए ज्यान जाने खतरा थियो । सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुँचसम्म पुर्‍याउनै १० घण्टा लाग्थ्यो । त्यसपछि गाडीद्वारा नेपालगंज पुर्‍याउन थप ७/८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलिकप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो ।

शाहले पोखराबाट हेलिकप्टर बोलाउँदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको हो ।

४ सन्तानकी अामा मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिँदा उच्च रक्तश्राव भएको हो । अहिले मगरको स्वास्थमा सुधार आएको पारिवारक स्रोतले जनाएको छ । 
 

सम्बन्धित समाचार

विद्यार्थी बेहोस हुँदा दैनिक पढाइ प्रभावित

जाजरकोट  । यहाँको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ ।  विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक छदेखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोट ।  यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।  पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको

जाजरकोटमा भाइरलबाट थप एकको मृत्यु, जुम्लाबाट पनि डाक्टर बोलाइए

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान

नियन्त्रणमा आउन सकेन जाजरकोटमा भाइरल, अहिलेसम्म १२ जनाको मृत्यु

जाजरकोट  ।  झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन ।  भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी