• २०८१ बैशाख ८ शनिबार

मभन्दा रोनाल्डो बढी स्वार्थी छन् – बेन्जमा 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करीम बेन्जमाले आफु भन्दा आफ्ना सहकर्मी खेलाडी क्रिस्टियानो रोनाल्डो बढी स्वार्थी भएको बताएका छन् । बेन्जमाले एक अन्तर्वार्ताका क्रममा क्लबको हितमा भएकाले यसबाट आफुलाई कुनै समस्या नभएको बताएका छन् ।

करिब एक दशकसँगै रोनाल्डोसँग रियलमा खेलेका बेन्जमा आफु रोनाल्डोको छायामा परेको पनि बताएका छन् । उनले यसबाट आफुलाई कुनै समस्या नभएको र रोनाल्डोसँग आफ्नो राम्रो समबन्ध रहेको बताएका छन ।

उनले रियलमा मैले पनि गोल गर्छु तर मसँगै भएको अर्कोले एक सिजनमा ५० भन्दा बढी गोल गर्छ भने मैले यसमा दुख मान्नु पर्ने केहि नभएको बताए । आफ्नो खेल सुधार गर्न जोसे मोरिन्होले धेरै सहयोग गरेको भन्दै उनले रियलमा आएपछि आफ्नो खेल  खेल्ने शैलीनै परिवर्तन भएको बताए ।  

सो कुराकानीमा बेन्जमाले ‘रोनाल्डो र आफु सँगै खेल्न मन पराउने बताउदै रोनाल्डो सिंगल टच खेल्न बढी मन पराउछन्, उनि म भन्दा बढी स्वार्थि छन् तर यो सामान्य हो अन्तत टिमका लागि राम्रो भएको छ’ उनले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै