• २०८१ बैशाख ६ बिहीबार

इराक र इरानको सीमा क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प, ६१ जनाको मृत्यु  

kharibot

तेहरान ।  इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण पश्चिम इरानमा कम्तीमा ६१ जनाको र इराकमा ४ जनाको ज्यान गएको छ । भूकम्पबाट बिबिसीका अनुसार ३ सयभन्दा धेरै मानिस घाइते छन् । 
भूकम्पबाट कैयौ मानि हताहत भएको हुनसक्ने अनुमान गरिएको छ । 

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।  

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिनुभएको छ । अरु गाउँमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भूबैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै