इराक र इरानको सीमा क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प, ६१ जनाको मृत्यु  

खरीबोट

तेहरान ।  इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण पश्चिम इरानमा कम्तीमा ६१ जनाको र इराकमा ४ जनाको ज्यान गएको छ । भूकम्पबाट बिबिसीका अनुसार ३ सयभन्दा धेरै मानिस घाइते छन् । 
भूकम्पबाट कैयौ मानि हताहत भएको हुनसक्ने अनुमान गरिएको छ । 

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।  

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिनुभएको छ । अरु गाउँमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भूबैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।  
 

सम्बन्धित समाचार

इरानमा आएको भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति

तेहरान ।  इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।  तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ

विनासकारी भूकम्पबाट ४५० इरानीको मृत्यु, २० गाउँ ध्वस्त

तेहरान । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ४५०  जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।  टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ ।  इराक र

इरान-इराक भूकम्प अपडेट : कम्तीमा तीन सय ३६ जनाको मृत्यु, ३९ सय ५० जना घाइते

बग्दाद/अंकारा । आइतबार राति इरान र इराकको सीमाक्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा कम्तीमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बिहानै ७.३ रेक्टर स्केलको भूकम्पपश्चात् मृतकको संख्या बढ्दै गएको छ

इराक र इरानको भूकम्पमा ज्यान गुमाउनेको संख्या २ सय १८ पुग्यो

तेहरान ।  इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय १८ पुगेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पबाट इरानमा मात्र २ सय