• २०८१ बैशाख १३ बिहीबार

रोनाल्डो चौथो बच्चाको पिता बने 

kharibot

काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो चौथो बच्चाको पिता बनेका छन् । 

आफ्नी प्रेमिका जर्जिना रोड्रीगेजबाट रोनाल्डोले छोरीको जन्म भएको तस्विर सार्वजनिक गरेर सबैलाई जानकारी दिएका छन् । छोरीको नाम अलाना मार्टिना राखेको पनि रोनाल्डोले जानकारी दिएका छन् ।  

रोनाल्डोले आफ्नी २२ बर्षीय प्रेमिका जर्जिना, आफ्नो छोरा रोनाल्डो जुनियर र आफु सहितको अस्पतालको तस्बिर सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । 

रोनाल्डोले यस अघिका तीन बच्चा सेरोगेसीबाट जन्माएका थिए । यस अघि उनका दुई छोरा र एक छोरी रहेका छन् । रोनाल्डो जुनियर ७ बर्षका छन् भने इभा र माटेओ केहि महिना अघि मात्र अमेरिकामा सेरोगेसीबाट जन्माएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै