• २०८१ बैशाख ४ मंगलबार

मेरो आँखामा नेपाली कांग्रेस र संखुवासभा जिल्ला

kharibot

नेपालकाे इतिहासमा प्रजातन्त्र र लाेकतन्त्रका लागि अग्रणी भूमिका निर्वाह गरी नेपाली जनताकाे सार्वभाैमसत्ता र राष्ट्रिय अखण्डतालाई सदा अक्षुण्ण राख्न सर्वप्रथम नेपाली राजनीतिमा स्वतन्त्रता राष्ट्रियता र लाेकतन्त्रकाे शङ्खघाेष गर्ने विचार र चिन्तनकाे सक्षम पार्टी हाे --नेपाली कांग्रेस। राणाकालीन देशकाे जर्जर अवस्थामा संयमित र एकत्रित भएर २००७ सालदेखि नै अाजसम्म लाेकतान्त्रिक समाजवादका लागि लड्दै अाएकाे इतिहास जनताकाे अगाडि छर्लङ्ग छ ।

नेपालकाे छिन्नभिन्न कम्युनिष्ट राजनीति र द्वैत चरित्र बाेकेर जनयुद्धमा लागेका माअाेवादी (अातङ्ककारी) शक्तिलाई शान्ति प्रक्रियाकाे मूलधारमा ल्याउन, तानाशाही विभेदकारी राज्यव्यवस्थालाई अन्त्य गर्न २०६२/६३ सालकाे जनअान्दाेलनमा नेपाली काङ्रेसले गरेकाे अग्रगामी नेतृत्व, अनि ६ बर्षसम्म कम्युनिष्टहरुकाे नेतृत्वमा असफल बनेकाे संविधान निर्माणकाे प्रक्रियालाई २०७० सालकाे संविधानसभाकाे निर्वाचनपश्चात् नेपाली कांग्रेसकै सक्रिय सहभागितामा जनताकाे संविधान निर्माण गरी देशलाई याे अवस्थासम्म ल्याइपुर्याउने नेपाली कांग्रेसकाे याे ऐतिहासिक याेगदान कि त नेपाली जनतालाई थाहा छ कि त स्वयम् माअाेवादी लगायतका कम्युनिष्ट नेता कार्यकर्ता नै जानकार छन्।

  •  मादी - ६,  सङ्खुवासभा

लाेकतन्त्रकाे स्थापना नभै देशमा समृद्धिकाे यात्रा र समाजवादकाे स्थापना हुन नसक्ने तथ्यलाई अात्मसात् गर्दै २०७२ सालमा नेपालकाे संविधान जारी गर्न र वर्तमानमा संविधान कार्यान्वयन गर्न यस जिल्लाका माननीयद्वय दीपक खड्का र तारामान गुरुङ लगायत नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले गरेकाे अथक प्रयास र याेगदानलाई बिर्सियाैं भने इतिहासले हामीलाई धिक्कार्नेछ र देश पुनः सत्तालाेलुप अधिनायकतावादीहरुकाे पञ्जामा पर्नेछ । लाेकतान्त्रिक समाजवादीहरुले नेपालमा लाेकतन्त्र स्थापना र कार्यान्वयनका लागि जुन सङ्घर्ष गरे त्याे याे देशकै सबैभन्दा ठूलाे सङ्घर्ष हाे र देशमा चेतनाकाे सञ्चार हाे।

पटक-पटककाे अधिनायक निरङ्कुशतालाई जरैदेखि उन्मूलन गर्न नेपाली कांग्रेस सङ्खुवासभाले हिजाेदेखि अाजसम्म गरेकाे बलिदानी र समर्पणकाे मूल्य नेपाली जनता र संखुवासभावासीले दिने बेला अाएकाे छ। राष्ट्रियता, लाेकतन्त्र र समाजवादका लागि विगतमा नेपाली कांग्रेसले गरेकाे अाहुति र बलिदानीकाे केही अंश लिएर अाफूलाई सर्वहारा र राष्ट्रवादी भन्दै जनतामा भ्रम सिर्जना गर्न लालायित कम्युनिष्टहरु तानाशाहीलाई नेता मान्छन् । सर्वहारामाथिकाे तानाशाही व्यवस्था उनीहरुकाे सिद्धान्त हाे, याे कुरामा अब नेपाली जनता र संखुवासभावासी झुक्किने छैनन् ।

२०४८ सालदेखि २०७० सालसम्मका टुरिष्ट जनप्रतिनिधिहरुले यहाका विकासका सम्भावनाहरुलाई बेवास्ता गरी विकास निर्माणमा उल्टै अवराेध सिर्जना गरी जनताकाे जनमतकाे अपमान गरेकाे यथार्थ हाम्रासामु झल्झली छ,  यसकाे ज्वलन्त उदाहरण हाे - अरुण तेस्राे ।

नेपाली कांग्रेसकाे नीति, सिद्धान्त र चिन्तनबमाेजिम देशमा स्थापित भएका जनताप्रेमी, युवालक्षित,बृद्धबृद्धा केन्द्रित विकासका कार्यलाई बङ्ग्याएर राज्यकाे लगानी र राजस्वलाई पेवाकरण गरी स्थानीय जनप्रतिनिधिहरुले हामीले हाम्रै सम्पत्ति दिएकाे हाे,हाम्रै घरबाट ल्याएकाे हाे भन्दै घरघरमा गएर याे पटक जित्दा यति पाउनुभयाे, अब भाेट दिनुभयाे भने अझ बढी पाउनुहुनेछ, यदि हामीलाई भाेट नदिए अब याे पनि पाउनुहुन्न भन्दै ठगहरु हिडिरहेकाे अवस्था संखुवासभामा छ। यस्ता कम्युनिष्ट कर्तुतहरुलाई अब जनताले बुझ्न ढिलाे गर्नु हुदैन । वृद्धभत्ता हामीले नै तिरेकाे राजस्व र सामाजिक सुरक्षा करबाट सरकारले उपलब्ध गराएकाे हाे । हामीले जसलाई भाेट दिए पनि वृद्धभत्ता पाइन्छ भन्ने कुरा बुबाअामाले बुझ्न जरुरी छ । 

नेपाली कांग्रेसकाे नेतृत्वकाे सरकारले देशमा स्थानीय तहकाे निष्पक्ष निर्वाचन  गराइसकेपछि २०७४ मंसिर १० र २१ गते ताेकिएकाे दुइ चरणकाे प्रदेशसभा र प्रतिनिधिसभाकाे मिति नजिकिदै अाइरहेकाे छ । नेपाली कांग्रेसले ल्याएकाे जनताकाे याे विरासतलाई भत्काएर अधिनायकतावादी नेतृत्व निर्माण गर्न र फेरि देशमा अातङ्क सिर्जना गरी विगतमाझै देशलाई गृहयुद्धकाे दलदलमा फसाएर  जनतालाई शासन गर्न कम्युनिष्टहरु गठबन्धन नै बनाएर लागिपरेका छन्। झुटाे अाश्वासन दिएर तपाई हाम्रा घरअागनमा लाेकतान्त्रिक पद्धतिकाे बिराेध गर्दै कम्युनिष्टहरु विदेशी पैसा लिएर रातिराति अाइरहेका छन्, जनता थप चनाखाे बनी यस्ता दुष्कार्यकाे बिराेध गर्नु जरुरी छ।

नेपालकाे प्रदेश नं १ काे हिमाली जिल्ला संखुवासभा विकासका दृष्टिले धेरै पछि छ। शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, यातायात, सडक,खानेपानी, राेजगारी, कृषि, पर्यटनजस्ता विकासका पूर्वाधारहरु २०७० साल यता मात्र सुरु हुन थालेका छन्। २०४८ सालदेखि २०७० सालसम्मका टुरिष्ट जनप्रतिनिधिहरुले यहाका विकासका सम्भावनाहरुलाई बेवास्ता गरी विकास निर्माणमा उल्टै अवराेध सिर्जना गरी जनताकाे जनमतकाे अपमान गरेकाे यथार्थ हाम्रासामु झल्झली छ,  यसकाे ज्वलन्त उदाहरण हाे - अरुण तेस्राे ।

जनताका खुसियालीमा जनतालाई अघि लगाएर हिड्ने र विपदमा अाफू जनताकाे अघि लागेर हिड्ने स्वभावका माननीय दीपक खड्कालाई २०७० सालमा यस जिल्लाले विजयी गराए पछि नै यहा विकासका गाेरेटाहरु काेरिन थालेका हुन्, यसकाे प्रत्यक्ष उदाहरण अरुण तेस्राे निमार्णकाे चरणमा पुग्नु हाे । खाेलानालामा पक्की पुल देखिन थाल्नु हाे।सबैतिर कच्ची सडक सञ्जाल बिस्तार हुनु हाे । बिराटनगर -किमाथाङ्का सडककाे खाका तयार भै राष्ट्रिय गाैरवकाे अायाेजनामा पर्नु हाे । हिले - लेगुवा - तुम्लिङ्टार  सडकमा टेण्डर भई निर्माण कार्य सुरु हुन थाल्नु हाे । बसन्तपुर - चैनपुर सडकमा ४० कराेडकाे बजेट ठेक्का भई निर्माणाधीन हुनु हाे । हिजाे प्रतिपक्षीले यस सडक निर्माणमा असहयाेग गरी निर्माण कार्यमा बाधा पुर्याएकाे यथार्थ हाम्रासामु अाउन नपाउदै कागका फूल चाेर्न सिपालु कम्युनिष्टहरुले अाज यही बाटाेलाई चुनावी एजेन्डा बनाएर नेपाली कांग्रेसका उम्मेद्वारहरुकाे विराेध गर्दै भाेट मागेकाे देख्दा दया लाग्छ ।

कम्युनिष्टहरुकाे लहलहैमा लागेर २०७० सालअघि पटक पटक नेपाली कांग्रेसका हाेनाहार नेता गाेपाल पहाडीलाई पछाडि पार्दा संखुवासभा पछाडि परेकाे हाे भन्ने महशुस जनतालाई भएपछि २०७० सालमा संखुवासभावासीले त्याे गल्ती गरेनन् र संविधान निर्माण कार्य पूरा भयाे, अब पनि जनता कम्युनिष्टहरुकाे  लहलहै र बहकाउमा लाग्ने छैनन् र समृद्धिकाे यात्रालाई अघि बढाउनेछन् भन्ने कुरामा द्विमत छैन । 

याे जिल्लालाई तानाशाहीकाे हातबाट बचाउन, भागबन्डाकाे सत्तालिप्साद्वारा निर्देशित कथित गठबन्धनलाई सदाका लागि अन्त्य गर्न,  लाेकतन्त्रकाे रक्षा गर्न,  संखुवासभालाई समृद्धितर्फ डाेहाेर्याउन, अब संखुवासभाली जनता लाेकतान्त्रिक पद्धतिकाे यात्रामा सहयात्री बन्नै पर्दछ ।

२०७० साल यता नेपालकाे राजनीतिक अवस्था भनेकाे संविधानसभामार्फत् संविधान निर्माण र कार्यान्वयनकाे अवस्था हाे । याे प्रमुख काममा यस जिल्लाका दुवै प्रतिनिधिहरु तन मन दिएर इमान्दारी, समझदारी र जिम्मेदारीका साथ संखुवासभावासीले चाहेकाे संविधान निर्माण गर्न अहाेरात्र लाग्नुभयाे र सफल पनि हुनुभयाे । याे परिस्थितिमा जनताले चाहेजस्ताे विकास निर्माणका सन्दर्भमा केही सुस्तता भयाे हाेला तथापि सुरुवात भइसकेकाे छ, निर्माणका कार्यहरु धमाधम अगाडि बढिरहेका छन् याे कुरामा संखुवासभाले चित्त बुझाउने ठाउ छ। यस जिल्लाकाे विकासका लागि नै अाफूले पाउने सेवासुविधालाई यही लगानी गरिएकाे यथार्थता पनि संखुवासभाली जनताले भुल्नु हुदैन ।

जनताकाे कसीमा उत्तीर्ण भइसक्नुभएका नेपाली कांग्रेसका  प्रतिनिधिसभा र प्रदेशसभाका विकासप्रेमी, समाजसेवी, शालीन र इमान्दार व्यक्तित्वका धनी, जनताका ढुकढुकी युवानेताहरु मा. दीपक खड्का,  दीपक लिम्बू , र टंकप्रसाद राईका विरुद्ध तपाईहरुका घरदैलाेमा झुटाे अाराेप लगाउन, गलत प्रचार गर्न, व्यक्तिकाे चरित्र हत्या गर्न सिपालु कम्युनिष्टहरुले अधिनायकताका नाइकेहरुलाई बाेलाएर अामसभा गर्दैछन्, हामीलाई झुक्याएर भाेट माग्दै छन्। सामाजिक सञ्जालहरुमा नाम राखी नेपाली कांग्रेस र कांग्रेसका उम्मेद्वारहरुकाे बदनाम गर्दैछन् । छद्मवेशी भएर अाफ्नाे असली स्वरुप लुकाइरहेका छन् ।यस्ता छलकाे विश्वास नगरी अाफ्नाे जनमतकाे उचित निर्णय गर्न म संखुवासभाली जनतालाई अनुराेध गर्दछु ।

कागतीलाई निचाेर्दा कागतीकै रस अाउछ । सुन्तलालाई निचाेर्दा सुन्तलाकै रस अाउछ, जाेसँग भित्र जे छ त्यही त्यही बाहिर बमिट हुन्छ , कम्युनिष्टहरुसग झुट छ, भ्रम छ, हत्याहिंसा छ,अधिनायक शासन छ,त्यही बाहिर बमन गर्छन्, जनताले याे कुरा बुझेका छन् । कम्युनिष्ट एक रुग्ण विचार प्रणाली हाे, याे संसारमा कहिल्यै फस्टाउन सक्दैन ।
कांग्रस लाेकतन्त्रकाे विशाल पहाड चढिसकेकाे छ, अब कांग्रेसलाई कसैले राेक्न सक्दैन समृद्धिकाे पहाड चढ्नलाई । राजनीतिक संस्कार र इतिहास नभएका, विदेशीका विचारबाट निर्देशित भएकाहरुबाट याे देशकाे समृद्धि सम्भव छैन।

नेपाली कांग्रेस संखुवासभाकाे विकास सुधारद्वारा सञ्चालित छ, कांग्रेसकाे सुधार नीतिद्वारा सञ्चालित छ र कांग्रेसकाे नीति जनताद्वारा सञ्चालित छ । त्यसैले याे जिल्लालाई तानाशाहीकाे हातबाट बचाउन, भागबन्डाकाे सत्तालिप्साद्वारा निर्देशित कथित गठबन्धनलाई सदाका लागि अन्त्य गर्न,  लाेकतन्त्रकाे रक्षा गर्न,  संखुवासभालाई समृद्धितर्फ डाेहाेर्याउन, अब संखुवासभाली जनता लाेकतान्त्रिक पद्धतिकाे यात्रामा सहयात्री बन्नै पर्दछ । संखुवासभाकाे नेपाली कांग्रेसकाे राजनीति एउटा खुलेकाे पाना हाे ।यसलाई सबै जनताले हृदयङ्गम गरेका छन् । नेपाली कांग्रेसका सम्बन्धमा कसैले कुनै सफाइ दिइरहनु जरुरी छैन । 

  • (यो आलेख नितान्त लेखकीय धारणा मात्र हो, यसलाई विचारको रुपमा यस अनलाइन सञ्चारमाध्यममा स्थान दिइएको हो । –सम्पादक)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै