• २०८१ बैशाख ७ शुक्रबार

सगरमाथा आरोही महिला पत्रकारलाई राष्ट्रपतिको शुभकामना

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सगरमाथा आरोहण गर्ने तयारीमा रहेको ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ समूहलाई सफलताको शुभकामना दिइन् । 
राष्ट्रपति कार्यालय, शीतल निवासमा आज पुगेको आरोही पत्रकारको समूहलाई राष्ट्रपति भण्डारीले सामाजिक जिम्मेबारीबोधका साथ ६४ वर्षको सगरमाथा आरोहण इतिहासमा नयाँ आयाम थपिने उल्लेख गरीन् । 

उनले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले सगरमाथा आरोहणप्रतिको उत्साहजनक सोच सराहनीय भएको उल्लेख गर्दै यसमा आफ्नोतर्फबाट हरतरहको सहयोग रहने प्रतिबद्धता व्यक्त गरीन् । 

सगरमाथा आरोहण समूहमा रोशा बस्नेत राष्ट्रिय समाचार समिति, प्रियालक्ष्मी कार्की न्यूज २४ टेलिभिजन, कल्पना महर्जन मेघा टेलिभिजन, रोजिता बुद्धाचार्य नेपाल टेलिभिजन तथा विपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति र देउराली चाम्लिङ स्वतन्त्र पत्रकार गरी पाँचजना महिला पत्रकार छन् । 

आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा रहेका उनीहरु आरोहणसम्बन्धी तालिम लिन आगामी कात्तिक २९ गते दोलखास्थित यालुङरी र रामदुङ ६ हजार मिटरका गरी दुई हिमाल आरोहण गर्न दोलखाको रोलवालिङ जानेछन् । 

आरोही समूहलाई सफल पार्न सम्पूर्ण नेपालीको हौसला र आशीर्वाद तथा विभिन्न संघ संस्थाको सहयोगको आवश्यकता रहेको आरोहण समूहकी संयोजक कल्पना महर्जनले बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै