• २०८१ बैशाख ४ मंगलबार

‘मूर्तिहा नाका एक वर्षमा सञ्चालनमा ल्याउँछौं’

kharibot

गुलरिया । नेकपा एमालेका उपाध्यक्ष एवं बर्दिया क्षेत्र नंं १ का उम्मेदवार वामदेव गौतमले गुलरिया नगरपालिकाअन्तर्गत पर्ने मूर्तिहा नाका एक वर्षमा सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । 

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार अभियानको क्रममा गुलरियामा शुक्रबार आयोजित छलफल कार्यक्रममा उपाध्यक्ष गौतमले वाम एकताको प्रयास २०६३ सालदेखि नै शुरु भएको खुलासा गरेका हुन् । 

कर्मचारी संगठनको भेलालाई गुलरियामा सम्बोधन गर्दै उनले माओवादी र एमालेबीच एकताका लागि अहिलेसम्म करिब छ÷सात पटक भेला बसेको र अहिले आएर मात्रै एकता संभव भएको बताए । 

‘वाम गठबन्धनपछि हामी र कार्यकर्ता जति खुशी हुनुपर्ने हो, त्यति हुन सकेका छैनौँ तर त्यो भन्दा विपक्षीहरु चिन्तित र दुखित हुनुभएको छ’–उनले भने । 

बर्दिया क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार तिलक शर्माले वाम गठबन्धनको कार्यसमिति वडा स्तरसम्म गठन भइसकेको जानकारी गराउँदै अबको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुन गइरहेको निर्वाचन कम्युनिस्टहरुको अग्नि परीक्षा जस्तै भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै