• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु जुम्ला र बर्दिबासमा 

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा एक समारोहका बिच औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न भयो ।

जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष रामदत्त रावलबाट जुम्ला शाखाको र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीबाट बर्दिबास शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै