• २०८१ बैशाख १३ बिहीबार

सोमबार सात सय ७३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सात सय ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकवोलको माध्यमद्वारा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागेको हो ।

खरिद अवधि सोमबार अपराह्न २ बजेसम्म कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको तीन सय करोड, ९१ दिने अवधिको दुुई सय ५३ करोड र एक सय ८२ दिने अवधिको दुुई सय करोड रुपैयाँ रहेको  राष्ट्र बैंकले जानकारी दिएको छ ।

सोमध्ये २८ दिने अवधिको परिपक्व हुुने अवधि यही मंसिर २६ गते, ९१ दिने अवधिको परिपक्व हुुने अवधि २०७४ फागुुन एक गते र एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७५ जेठ एक गते रहेको छ ।

कात्तिक २० गते पनि राष्ट्र बैकले २८ दिने अवधिको दुुई सय ५० करोड, ९१ दिने अवधिको एक सय ९१ करोड र तीन सय ६४ दिने अवधिको एक सय ५६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै