साउदीद्वारा यमनको रक्षा मन्त्रालयमा हवाइ आक्रमण

खरीबोट

साना (रासस/एएफपी) : साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले शनिबार यमनको रक्षा मन्त्रालयमा हमला गरेको समाचार छ ।

उक्त सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको समाचारमा जनाइएको छ । उक्त कारबाहीमा परी तीनजना गैर सैनिकको ज्यान गएको छ । अरु क्षतिको बारेमा भने केही बताइएको छैन ।

हुथी विद्रोहीको सञ्चारमाध्यम अल मासिराहले सो जानकारी दिएको छ । उक्त सञ्चारकाअनुसार साउदी नेतृत्वको हवाई सेनाले शनिबार साँझको समय पारेर सो हमला गरेको थियो ।

एक स्थानीय बासी मोहम्मद अतिफले भने– रातिको समयमा सेनाले रक्षा मन्त्रालयको भवनलाई लक्षगरेर हमला गरेको थियो र त्यसका कारण मेरो घर समेत हल्लेको थियो ।

उनले निकै ठूलो आवाज आउनेगरी र शक्तिशाली हतियार रक्षा मन्त्रालयको भवनमा बर्साएको आफूले देखेको र आफू निकै डराएर बाहिर निस्किन पनि नसकेको उनले बताएका छन् ।

यमनी सुरक्षाकर्मीसँगको झडपमा ३५ हुथी लडाकूको मृत्यु

उता प्राप्त अर्काे एक समाचारमा सरकारी सुरक्षाकर्मीसँग शुक्रबार दिउसो भएको सशस्त्र झडपमा परी यमनी सिया हुथी समूहका कम्तीमा ३५ लडाकूको मृत्यु भएको यमनको सरकारी सेनाले जनाएको छ ।

यमनी सेनाका एकजना कमाण्डरले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएअनुसार दक्षिणपश्चिममा रहेको ताइज प्रान्तमा भएको कारबाहीमा ३५ जनाको मृत्यु भएको र झडपमा १९ जना विद्रोही घाइते भएका छन् ।

झडपका क्रममा सरकारी सुरक्षाकर्मीले केही स्थानमा बिछ्र्याइएका शक्तिशाली विस्पोटक पदार्थलाई पनि निस्क्रिय पारेको जनाएको छ । त्यस्तै ठूलो मात्रामा बन्दोबस्तीका सामान तथा हतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ ।

सेनाले आफ्नोतर्फ क्षति भएको वा नभएको सम्बन्धमा केही जनाएको छैन । तर स्थानीय स्वास्थ्यकर्मीले भने सरकारी सुरक्षाकर्मीतर्फ पनि केहीको मृत्यु भएको जनाएका छन् ।

सम्बन्धित समाचार

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा । नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ ।  विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।  शंकास्पद बन्दुकधारीहरूले

बारामा जंगली हात्तीको आक्रमण, एक जना वृद्धको ज्यान लियो

बारा । बारामा जंगली हात्तीले आक्रमण गर्दा एक जना वृद्धको ज्यान लिएको छ । मृत्यु हुँनेमा निजगढ नगरपालिका वडा नं.११ रतनपुरीका ६५ वर्षिय ईन्द्र बहादुर थिङ्ग रहेका छन् ।  गर्मीका कारण

मध्यपुरका नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने कारागार चलान

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुई अभियुक्तलाई आज भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।  गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा पर्नुभएका श्रेष्ठलाई

शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

बेरुत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी जनाको मृत्यु हुनेको सङ्ख्या ४४ पुगेकोे छ । आक्रमणमा कैयौँ नागरिक सख्त घाइते भएको बताउँदै मृतक सङ्ख्यामा केही वृद्धि