• २०८१ बैशाख ५ बुधबार

नगरकोटमा देवकोटाको सम्झना

kharibot

काठमाडौँ, २६ कात्तिक । देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रले महाकवि देवकोटाको १०८औँ जन्मजयन्तीका अवसरमा शनिबार र आइतबार नगरकोटमा दशौँ वार्षिक सम्मेलन सम्पन्न गरेको छ ।

सो अवसरमा देवकोटाका विभिन्न साहित्यिक रचनाबारे छलफल गरिएको थियो । कार्यक्रममा महाकविका सुपुत्र तथा केन्द्रका अध्यक्ष प्रा डा पदमप्रसाद देवकोटाले महाकविले मानवताका लािग गरेको योगदान र खोजी मानवीय सचेतताको एक नमुना भएको बताए ।

सो अवसरमा कविता वाचन, अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, सिर्जनात्मक लेखन, वाचन र हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको सम्मेलनमा चालीस विद्वान्को सहभागिता थियो ।

देवकोटाको अङ्ग्रेजीमा अनुदित कृति ‘द विच डक्टर एण्ड अदर एस्से ’माथि पनि छलफल गरिएको थियो । केन्द्रले नेपाली साहित्य विशेषगरी महाकविका रचनामाथि गरेको विशेष योगदानका लागि लण्डन विश्वविद्यालयका प्रा डा माइकल हटलाई केन्द्रको मानर्थ सदस्यता प्रदान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै