नगरकोटमा देवकोटाको सम्झना

खरीबोट

काठमाडौँ, २६ कात्तिक । देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रले महाकवि देवकोटाको १०८औँ जन्मजयन्तीका अवसरमा शनिबार र आइतबार नगरकोटमा दशौँ वार्षिक सम्मेलन सम्पन्न गरेको छ ।

सो अवसरमा देवकोटाका विभिन्न साहित्यिक रचनाबारे छलफल गरिएको थियो । कार्यक्रममा महाकविका सुपुत्र तथा केन्द्रका अध्यक्ष प्रा डा पदमप्रसाद देवकोटाले महाकविले मानवताका लािग गरेको योगदान र खोजी मानवीय सचेतताको एक नमुना भएको बताए ।

सो अवसरमा कविता वाचन, अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, सिर्जनात्मक लेखन, वाचन र हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको सम्मेलनमा चालीस विद्वान्को सहभागिता थियो ।

देवकोटाको अङ्ग्रेजीमा अनुदित कृति ‘द विच डक्टर एण्ड अदर एस्से ’माथि पनि छलफल गरिएको थियो । केन्द्रले नेपाली साहित्य विशेषगरी महाकविका रचनामाथि गरेको विशेष योगदानका लागि लण्डन विश्वविद्यालयका प्रा डा माइकल हटलाई केन्द्रको मानर्थ सदस्यता प्रदान गरेको छ ।

सम्बन्धित समाचार

न्यूरो अस्पतालको नाम परिवर्तन, उपेन्द्र देवकोटाको नाममा राखियो

काठमाडौँ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।  डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’

वरिष्ठ डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि सम्पन्न

काठमाडौँ । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज अन्त्येष्टि गरिएको छ ।  त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका

हजारौंलाई पुनर्जन्म दिएका चिकित्सक देवकोटाको आज अत्येष्टि गरिँदै

काठमाडौँ /  हजारौँ बिरामीलाई पुनर्जन्म दिनुभएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गरे ।  पुष्पगुच्छाले झपक्क सजाइएको टेबल । त्यसमाथि ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल

अलबिदा डा. देवकोटा !

सोमबार निधन भएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेकपाका नेता वामदेव गौतम । देवकोटालाई मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म न्युरो अस्पताल बाँसबारीमा श्रद्धान्जलीका लागि