• २०८१ बैशाख ८ शनिबार

किन हुदै छ चुनावअघि एमाले र माओवादीको एकीकरणको हल्ला ?

kharibot

काठमाडौँ । आईतवारका दिन गृहजिल्ला झापामा चुनावी कार्यक्रममा सरिक हुन पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चनाव अघि पार्टी एकताको कार्यक्रम नरहेको बताएका छन । जब की सामाजिक संजाल र वामपन्थी र खासगरी एमाले सम्वद्ध अनलाईनहरुमा मंसिर ९ मा एमाले माओवादी एकता हुने खबर भँगेरे टाउके अक्षरमा संचारित भैरहेका छन । 

कामकुरो एकातिर प्रोपोगान्डा अर्कोतिर जस्तै भैरहेको पुष्टि गर्छ ओलीको पछिल्लो कथनले पार्टी एकताको नियोजित प्रचारवाजीलाई । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एमाले र माओवादी केन्द्रबीच आगामी मंसिर ९ गते पार्टी एकीकरण हुने भन्ने खबर आएपछि अध्यक्ष ओलीले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका हुन । ओलीको यो स्पष्टीकरणले जसको बिहे उसैलाई थाहा नदिए भने झै भैरहेको पनि पुष्टि गर्दछ । 

ओलीले भने, ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन ।’ ओलीले भने, ‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’

आइतबार विहान झापाको गौरादहमा भएको चुनावी कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन ।’ केही आलोचकहरुले एमाले र माओवादीबीच पार्टी एकता हुन नसक्ने बताउँदै चुनाबी तालमेल मात्रै भएको दावी गरेका छन । उनीहरुप्रति लक्षित गर्दै ओलीले भने, ‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’ उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दाबी गरे । दुई दल वीच छिट्टै एकता हुने तर मंसिर ९ मा हुने तय नभएको ओली कथनको सन्देश यही हो की वामपन्थीहरु गेयवल्स शैलीमा पुनः वाम एकताको हुंकार हाकेर आगामी चुनावमा मतदाताहरुलाई सकेसम्म धेरै प्रभावित पार्ने खेतीमा लागेका छन ।

कतिपय आलोचकहरुले चुनाबपछि एमाले र माओवादीबीच पार्टी नभएर आ–आफ्नो बाटो लाग्ने आँकलन गरिरहेका बेला ‘सरप्राइज’का रुपमा भएको वाम तालमेलबाट आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अपेक्षित नजिता आउन नसक्ने विश्लेषण भएपछि वाम गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको छलफललाई तीव्रता दिएर्क भए पनि त्यो एकताको विन्दुसम्म पुगेको देखिदैन । तर, आसन्न चुनावअघि एकीकरणको सम्भावना भने छैन भन्ने त एमालेका अध्यक्ष ओलीले नै गर्नु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मौन रहनुले यो नियोजित कुप्रचारमात्रै रहेको स्पष्ट हुन्छ । आखिर जो मिल्ने हुन उसैले अस्वीकार गरेको एकता किन र कसरी मिडियाले गरिरहेका हुन त ? 

आसन्न चुनावअघि एकीकरणको सम्भावना भने छैन भन्ने त एमालेका अध्यक्ष ओलीले नै गर्नु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मौन रहनुले यो नियोजित कुप्रचारमात्रै रहेको स्पष्ट हुन्छ । आखिर जो मिल्ने हुन उसैले अस्वीकार गरेको एकता किन र कसरी मिडियाले गरिरहेका हुन त ? 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकरण छलफललाई तीव्रतासाथ अघि बढाएको भनिए पनि उनीहरु चुनावी भाषण र कार्यक्रमहरुमा नै व्यस्त देखिएका कारण पनि एकता प्रक्रिया ओझेलमा परेको देखिन्छ । पार्टी एकता संयोजन समितिमा पनि एकीकरणबारे सैदान्तिक छलफल भए पनि निश्कर्ष ननिस्किएको अवस्थामा हतारमा एकता र फुर्सदमा पछुताउने गल्ती नगर्ने पक्षमा ओली देखिएका छन । 

पहिलो चरणको निर्वाचनअघि एकीकरण घोषण गरेर जाँदा नतिजा अपेक्षित आउने विश्लेषण भएको भए पनि यही अनुसार एकता छलफल बाक्लिएकै आधारमा पार्टी एकताको तिथिमिति नै कस्ले र किन तोकेर नियोजित प्रचार गरिरहेको हो ? प्रचारमा आएजस्तो यही मितिमा एकता घोषणा भएर जान्छ भन्ने गरी निश्कर्षमा नपुगिएको भावि प्रधानमन्त्री भनिएका एमाले अधयक्ष ओलीले नै स्पष्ट पारिसकेपछि के प्रमाणित हुन्छ भने कम्तिमा चुनाव अघि वाम एकता वा दुई पार्टीको औपचारिक एकीकरण संभव छैन । 

काउन्टडाउन सकिन लागेको प्रदेश र संसद चुनावको मुखमा चुनावमा भाग नलिएका पार्टीका नेताहरुले एकताको छलफल जारी राखेकै भरमा यसरी तिथि तोकेर एकता हुन्छ भनी एमालेसम्वद्ध मिडियाबाटै प्रचार हुनु चाहि निकै रहस्यमयी चालबाजी हुन सक्छ । स्रोतहरुका अनुसार एकता संयोजन समितिमा पनि पछिल्लो चरणमा एकता छलफल बाक्लिए पनि तीन विषयलाई कसरी सम्वोधन गर्ने भन्ने सहमति जुटिसकेको छैन ।  कम्तिमा चुनाब रोकेर यो सहमति जुट्ने समय नै छैन । 

एकता संयोजन समितिमा पनि पछिल्लो चरणमा एकता छलफल बाक्लिए पनि तीन विषयलाई कसरी सम्वोधन गर्ने भन्ने सहमति जुटिसकेको छैन ।  कम्तिमा चुनाब रोकेर यो सहमति जुट्ने समय नै छैन । 

समाजवादी सत्ता स्थापनार्थ पार्टी एकता घोषणा गरिएको भए पनि सैद्धान्तिक र नीतिगत तथा नेताहरुको व्यवस्थापन दुई पार्टीको संभावित एकताका लागि जटिल पक्ष छन । माओवादीको जनयुद्धलाई एमालेले कसरी परिभाषित गर्ने भन्नेमा सैदान्तिक सहमति भएकै छैन । यही चुनावले मिलाउन खोजे पनि यही चुनाव दुई पार्टीको एकताका लागि प्राविधिक जटिलताको सवाल पनि बनिरहेको छ । हाल निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची अनुसार निर्वाचित हुने साँसदको निक्यौल नभएसम्म एकताका लागि प्राविधिक जटिलता पनि थपिएको छ ।  पार्टी एकीकरण भए जाँदा समानुपातिक सूचीलाई कसरी मिलाउने भन्ने कुनै सहमतिमा एमाले र माओवादीका नेताले साझा बिन्दु भेटेका छैन्न । त्यसमाथि कार्यकर्ता भन्दा धेरै नेता भएको माओवादी र शीर्ष नेताहरुको भीडको पर्याय एमालेमा नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल निकै नै पेचिलो छ । 

यसरी मतदानको कार्यक्रम सुरु नुहँदै पार्टी एकीकरण गरेर अघि बढे मनोवैज्ञानिक प्रभाव समेत पर्ने गठबन्धनको बुझाईकै आधारमा अहिल्यै एकता भैहाल्ने स्थिति वर्तमान परिस्थितिले नरहेको संकेत गरेको छ । अरु जे जे भए पनि चुनाव अघि दुई पार्टीको एकता भ्यागुताको धार्नी हुने भने पक्का नै देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै