• २०८१ बैशाख ७ शुक्रबार

६२ वर्षको उमेरमा तेस्रो बच्चाका बाबु बन्दै मिष्टर बिन

kharibot

मिष्टर बिन र उनकी प्रेमिका लुइस । तस्बिर : Splash/Mirror

बेलायत / हलिउडका चर्चित हास्य कलाकार मिष्टर बिन अर्थात् रोवन एट्किनसन पुनः ६२ वर्षको उमेरमा बाबु बन्नलागेका छन् ।

कमेडी लेजेन्ड मानिने सुप्रसिद्ध हास्य कलाकारकी ३३ वर्षीया प्रेमिका लुइस फोर्डले उनीहरुको पहिलो बच्चा आउँदो हप्ता जन्माउने भएका हुन् । रोवनका यसअघि नै २३ वर्षका छोरा बेन र २१ वर्षकी छोरी लिली श्रीमती सुनेत्रा शास्त्रीबाट जन्मिइसकेका छन् ।

मिष्टर बिनले सन् २०१४ मा सुनेत्रासँग छुटेपछि लुइससँग डेटिंग सुरु गरेका थिए । ६५ सेकेण्डको अदालती सुनुवाइपछि २५ वर्ष लामो वैवाहिक जीवन छुटेको थियो । नयाँ बच्चाका लागि दुवै व्यग्र प्रतीक्षामा रहेको बताइएको छ । उनीहरुको भेट भने २०१२ मा भएको थियो । त्यतिबेला उनीहरुले क्वान्टरमेन्स टर्ममा सँगै अभिनय गरेका थिए । त्यसो त बूढेसकालमा सन्तान जन्माउनेमा मिष्टर बिन एक्ला होइनन् ।

थुप्रै कलाकारहरु रहेका छन् । जसमा सर मिक ज्यागरले ७३ को उमेरमा, रोनी वुडले ६८, पिटर स्ट्रिंगफेलोले ७४, डेस ओ कनरले ७२, मेल गिब्सनले ६१, जर्ज लुकासले ६९, रोबर्ट डे निरोले ६८ र स्टिभ मार्टिनले ६७ वर्षको उमेरमा सन्तान लाभ गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै